भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर : मोरङको शनिश्चरे १ स्थित भुटानी शरणार्थी शिविरकी सञ्चमायाँ गुरुङले पति थमन गुरुङसँग जिल्ला अदालत मोरङमा सम्बन्ध विच्छेद गरिन्। तेस्रो मुलुक पूर्नवासका लागि भुटानी शरणार्थीलाई अमेरीका लगिने भएपछि उनले अमेरीका जानलाई आफ्नै पति त्यागिन। शरणार्थी भएर नेपालीसँग विवाह गरेमा अमेरीका जान नपाउने भएपछि उनले पति त्यागेर अमेरीका रोजेकी हुन्।
शरणार्थीले अमेरीका जानका लागि नेपालीसँग विवाह भएमा सम्बन्ध विच्छेदपछि मात्र जान पाउने नियम भएकाले सञ्चमायाँको रोजाईमा पति भन्दापनि अमेरीका परेको हो। त्यस्तै उर्लावारी १ का राजकुमार क्षेत्री बोहरासँग विवाह गरेकी झापाको बेलडाँगी शरणार्थी शिविरकी सनकुमारी सुव्वाले पनि अमेरीका जाने चक्करमा पति नै त्यागिन। उनीहरु दुई जनाको पनि जिल्ला अदालत मोरङबाट सम्बन्ध विच्छेद भइसकेको छ।
पारिवारकी सल्लाहमा दुई वर्ष दुवई बसेर आएकी मोरङको सुन्दरदुलारी नगरपालिका ८ की दुर्गा कार्की निरौलाले पनि दुवईबाट फर्कनसाथ पति सुन्दरदुलारी ४ का गोविन्द निरौलासँग सम्बन्ध विच्छेद गरिन्। साथमा तीन छोरी हुँदाहुँँदै निरौला दम्पत्तीले पनि सम्बन्ध विच्छेद गराए। दुर्गाले अदालतमा सम्बन्ध विच्छेदका लागि दिएको जाहेरीमा सन्तानका नाममा छोरीमात्र भएकाले परिवारबाट अपहेलित हुनु परेको, पतिको सम्बन्ध अर्क ैसँग रहेको लगायतका कारणले सम्वन्ध विच्छेद गर्नु परेको खुलाइएको छ।
यी माथिका तीन घटना भुटानी शरणार्थीको तेस्रो मुलुक पूर्नवास र बैदेशिक रोजगारीका कारण पति पत्नी विचमा निम्तिएको दाम्पत्य सम्वन्धको समस्याका उदाहरण हुन्। तेस्रो मुलुक पूर्नवास र बैदेशिक रोजगारीका कारण पछिल्लो समयमा एकआपसमा खटपट भएर सम्बन्ध विच्छेद गरेर दाम्पत्य सम्बन्ध बिग्रने क्रम बढेर गएको छ। शरणार्थी भएर नेपालीसंग विवाह गरेका कारण अमेरीका जान नपाउने भएपछि सम्वन्ध विच्छेद गरेर अमेरीका जाने क्रम बढेको हो।
सम्वन्ध विच्छेद गरेको प्रमाण पेश गर्दा अमेरीका जान सजिलो हुने भएपछि नेपाली पुरु षसंग विवाह गरेका शरणार्थी महिला वा नेपाली महिलासंग विवाह गरेका शरणार्थी पुरु ष सम्वन्ध विच्छेद गर्दै दाम्पत्य जीवन समाप्त पारेर अमेरीका जाने ध्याउन्नमा लाग्ने गरेको पाइएको अदालत स्रोतले बतायो। पुरु षले सम्बन्ध विच्छेद गर्न सजिलो नभएपछि धेरै जसो घटनामा महिलालाई बाध्य पारेर सम्वन्ध विच्छेद गर्ने गरेको पाइएको अदालतका एक कर्मचारीले बताए।
त्यस्तै बैदेशिक रोजगारीका लागि गएका पुरु ष वा महिला दुवैको पारिवारीक सम्वन्ध विग्रने क्रम बढेको पाइएको छ। बैदेशिक रोजगारीमा पुगेर फर्किएका पुरु ष हुन वा महिला घर आईपुगेपछि वा नआईपुगिकन सम्वन्ध विग्रने गरेको छ। विभिन्न कारणले उत्पन्न विवादले अन्त्यमा सम्वन्ध विच्छेद सम्मको अवस्था सृजना गर्ने गरेको अदालतका कर्मचारीहरूको भनाइ छ।
कतिपय पुरुष विदेश गएपछि पत्नीले अकै संग सम्वन्ध राख्ने, दोस्रो विवाह गरेर जाने, पहिलेको पतिलाई छाडेर माईतीमै बस्ने गरेका छन् भने महिला विदेश गएकाका पतिले घरमा अर्की पत्नी ल्याउने, विदेशबाट फर्किपछि पत्नीलाई नस्विकार्ने लगायतका समस्याका कारण बैदेशिक रोजगारीले पति पत्नी सम्वन्ध विग्रदै गएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए। पोखरेलले भने कतिपयले एक अर्कामा टाढा बस्दाको पीडालाई भुलाउन यसो गरेको बताउने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङमा दैनिक जसो यस्तै प्रकारका उजुरी पर्ने क्रम बढेर गएको छ। एसपी पोखरेलले भने परेका उजुरीमा छानविन गर्दा समस्या तेस्रो मुलुक पूर्नवास वा बैदेशिक रोजगारीनै देखिने गरेको छ। उजुरी दिने मध्ये पुरु षले आँफु विदेश हुदा धन सम्पति लिएर दोस्रो विवाह गरेर अर्कै संग गएको भन्दै त्यो सम्पती फिर्ता हुनु पर्ने माग राखेर उजुरी गर्ने गरेका छन् भने महिलाले आँफु विदेशमा हुदा पतिले अर्को विवाह गरेका कारणले बहुविवाह मद्दा चलाउन माग गरेर उजुरी गर्ने गरेका छन्, पोखरेलले भने।
कतिपय महिलाले भने आफ्नो पति विदेशमा हुँदा परिवारका सदस्यबाट आफूमाथि घरेलु हिंसा भएको र यातना दिइने गरेको भन्दै उजुरी गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पति विदेश हुँदा घरमा हुने गरेको घरेलु हिंसालगायतका कारणले पनि पति पत्नीको सम्बन्ध बिग्रने गरेको पाइएको छ। अधिकांश समस्या पति वा पत्नी विदेश गएपछि उत्पन्न खटपटीले निम्तिएको देखिन्छ उनले भने।
जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय होटेल तथा लजमा छापा मार्ने क्रममा अनैतिक सम्वन्ध राखिरहेका जोडिहरुलाई पक्राउ गर्ने गरेको छ। यी मध्ये लगभग ५० प्रतिशत पति विदेश गएका महिला वा पत्नी विदेशमा रहेका पुरुष पर्ने गरेको प्रहरीले जनाएको छ। पुरुषले पत्नी विदेशमा भएपछि अर्कै युवतीलाई लिएर होटेलमा जाने र सम्वन्ध राख्ने गरेका छन् भने महिलाले पति विदेशमा भएपछि अर्कैसँग सम्बन्ध राख्न तयार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरी र अदालतमा तेस्रो मुलुक पूर्नवासका कारण र पति वा पत्नी बैदेशिक रोजगारीका लागि गएपछि उत्पन्न परिणामका घटनाहरु बढ्दै गएका छन्। 'पछिल्लो समयमा तेस्रो मुलुक पूर्नवास र बैदेशिक रोजगारले पति पत्नी सम्वन्ध विग्रदै गएको पाएका छौं', नागरिक समाजका सुजन लम्सालले भने, 'यसले उनीहरुका सन्तानको भविष्यलाई अन्धकारमय बनाउने गरेको छ।' अशिक्षा, बेरोजगारी, जागरणमा कमि आदीले पनि पति पत्नीको सम्वन्ध विग्रने गरेको उनको तर्क छ।
विभिन्न कारणले पति पत्नी सम्वन्ध विग्रिएका मुद्धाहरु अदालत सम्म पुग्ने र अन्तिममा त्यसले सम्वन्ध विच्छेदको रुप लिने गरेका छन्। समाजमा पत्नी पीडित पुरुषको संख्या बढ्नु, पति पीडित महिलाको संख्या बढ्नु, महिलाहरु एकल हुनु, महिला तथा पुरुषले दोस्रो विवाह गर्नुले सम्बन्ध विच्छेदका घटना बढेर गएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ध्रुवकुमार ढकालले बताए।
उनले भने सम्वन्ध विच्छेद भएकामध्ये अधिकांशका पति वा पत्नी बैदेशिक रोजगारीका लागि पुगेर आएको पाइएको छ। कलिलो उमेरमा विवाह गर्दापनि बयस्क भएपछि सम्वन्ध विग्रिएको पनि पाइएको जानकारी उनले दिए। जिल्ला अदालत मोरङमा सम्वन्ध विच्छेदका मुद्दा पर्ने क्रम बर्षेनी बढेर गएका छन्। गत आर्थिक बर्ष २०७०/०७१ मा मात्र अदालतमा पाँच सय ४६ वटा सम्वन्ध विच्छेदका मुद्दा परेका छन्। ती मध्ये दर्ता भएका मध्ये चार सय सातवटा फैसला भइसकेका छन्। एक सय ३९ वटा चालु आर्थिक बर्ष २०७१/०७२ का लागि जिम्मेवारी सरेर आएका छन्।
आर्थिक बर्ष २०६९/०७० मा जिम्मेवारी सरेर आएका सहित चार सय ४२ वटा सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएका थिए। आर्थिक बर्ष २०६८/०६९ मा अदालतमा दुई सय ९७ वटा मात्र सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। annapurnapost online
Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1ydMYx1
via IFTTT

Loading...