Home » , , » ‘मानव-छाला कुर्सी’ : प्रिययजनकै काखमा बसेजस्तो आनन्द र गन्ध (फोटोफिचर सहित)

‘मानव-छाला कुर्सी’ : प्रिययजनकै काखमा बसेजस्तो आनन्द र गन्ध (फोटोफिचर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यसले तपाइँको छालालाई तन्काइदिन सक्नेछ तर यदि तपाइँ कुनै मनुष्य-स्पर्शको भोको हुनुहुन्छ भने यी फर्निचर तपाइँका लागि अति उत्तम बन्नेछन् ।

एकजना बेलायती डिजाइनर गिगी बार्करले मानिसको मांशपेशीकै स्पर्शको आभाष दिलाउने कुर्सी तथा स्टूल तयार पार्न सफल भएका छन् ।

chair

यी कुर्सी तथा सोफामा बस्दा साँच्चीकै मानिसको मासुको थुप्रो अझ भनौँ मोटे मान्छेको भुँडीमाथि बसेजस्तै आभाष हुनेछ ।

छालाको सरीर शीर्षकको आफ्नो परियोजना अन्तरगत उनले यस्ता कुर्सी तथा स्टूल तयार पारेकी हुन् । जुन परियोजनामा उनले मानिसको छालाको सतहको खस्रोपना तथा सरीरको आकारका विषयमा अध्ययन गरेकी थिइन् साथै उनले जिउमा मासुको आयतका बारेमा पनि अध्ययन गरिन् ।

chair1

उनका यी विशेष फर्निचरमा बस्दा मानिसको जिउले स्पर्श गरेजस्तो त हुनेछ नै मानिसको जिउृबाट आउने विशेष बासना समेत आउनेछ । किनकी यसमा त्यस्तै प्रकारको विशेष रसायनको प्रयोग गरिएको छ ।

यो कुर्सीमा बसेर स्टूलमा खुट्टा राख्दा अवश्यपनि आत्मीयताको भावना जागृत हुने र जिउ तथा कुर्सीको सतहबीच विशेष सम्पर्क कायम हुने दाबी उनको छ । एउटा कुसी र स्टूल सेटको मूल्य २ हजार ३ सय ८० पाउण्ड राखिएको छ ।









Source : feed news from Nepali News Ex-Press http://ift.tt/1xEgRX5

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved