Home » » यति भव्य र शक्तिशाली छ विण्डोज टेन (फोटो कथा)

यति भव्य र शक्तिशाली छ विण्डोज टेन (फोटो कथा)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

माईक्रोसफ्टले छिट्टै सार्वजनिक गर्न लागेको अपरेटिङ सिस्टम विण्डोज टेन(Windows  10) यतिखेर चर्चामा छ। विण्डोज टेन चर्चामा रहनुको एउटा कारण हो-त्यो सित्तैमा उपलब्ध हुनेछ। यस अघिका विण्डोजमा भर्सन जस्तै यसलाई पैसा तिर्नु पर्दैन्।
यसको चर्चामा यतिमै मात्र सिमित छैन्। माइक्रोसफ्टले विण्डोज टेनलाई विशेष बनाउन कुनै कसर बाँकी राखेको छैन्। माईक्रोसफ्टले विण्डोज टेन ४ मा मुलमन्त्रमा आधारित रहेको दाबी गरेको छ। ४ मन्त्रमा सहजता, उपयोगिता, व्यक्तिगत र लचकता छन्।
यही जुलाई २९ सार्वजनिक हुन लागेको विण्डोज टेन माईक्रोसफ्टले केही वर्ष यता खाएको ठक्कर र हण्डरबाट बनेको हो। कुनै बेलामा कम्प्युटरको दुनियाँमा एकछत्र राजगरेको माईक्रोसफ्ट आजकल खुम्चिएको छ।
स्मार्टफोनमा पनि विण्डोज जम्म सकेन भने एण्ड्रोइड र एप्पलसंग प्रतिष्पर्धा गर्न विण्डोजलाई गाह्रो हुँदै गएको छ। यसै पृष्ठभुमिमा विण्डोज टेन सार्वजनिक हुन लागेको हो।
विण्डोज टेनका खास फिचरहरु
#यसलाई चलाउन गाह्रो छैन्। अघिल्ला भर्सनहरु विण्डोज ७ र विण्डोज ८ का राम्रा विशेषतलाई कायम राखेर यसको डिजाइन गरिएको छ। विण्डोज टेन चाँडो खूल्छ भने बिल्ट इन सेक्युरिटी फिचरले तपाईको कम्युटरलाई सुरक्षित राख्छन्। विण्डोज टेनका लागि नयाँ हार्डवेयरको आवश्यक्ता पर्दैन् । तपाईकै भइरहेकै ल्यापटप वा कम्युटरमा यो चल्दछ। विण्डोज टेनको स्टार्ट यस्तो छ..
windows 10 pictures
#विण्डोज टेनलाई १० लाख भन्दा बढिले विण्डोज इन्साइडर कार्यक्रम अन्तर्गत चलाइ राखेका छन्। उनीहरुको फिडब्याकले विण्डोजलाई अझ सुधार्न थप मद्धत पुगेको माइक्रोसफ्टले बताएको छ।
#आजकल इन्टरनेट बिनाको कम्युटरको कल्पना गरिन्न। इन्टरनेट कम्प्युटरको लागि अभिन्न भइसक्यो। विण्डोजको ब्राउजर इन्टरनेट एक्सप्लोररले क्रोम र फायरफक्ससंग प्रतिष्पर्धा गर्न नसकेको बुझेको माइक्रसफ्टले विण्डोज टेनमा नयाँ वेब ब्राउजर भित्र्याउँदै छ। विण्डोज एज नाम दिइएको यो ब्राउजर बजारमा रहेका अन्य ब्राउजर भन्दा भिन्नै तर निक्कै उपयोगी हुने माइक्रोसफ्टको दाबा छ।
windows 10 pic1
#कुनै जमाना थियो कम्प्युटरमा एकचोटीमा एउटा मात्रै प्रोग्राम चलाउन मिल्थ्यो। अब मल्टिटास्किङ नभए के कम्युटर! विण्डोज टेनमा मल्टि डुविङलाई खास प्राथमिकतामा राखिएको छ। एकैचोटी चारवटा एप चलाउन सकिन्छ। यसैगरि भर्चुवल डेस्कटप समेत बनाउन सकिन्छ।
windows 10 pic3
#एण्ड्रोइडको प्ले स्टोर र एप्पलको एप्पल स्टोर जस्तै एपहरुको लाइब्रेरीको रुपमा विण्डोज स्टोर पनि माइक्रोसफ्टले प्रयोगमा ल्याउने छ।
# विण्डोज टेनबाट माइक्रोसफ्टले ‘पर्सनल डिजिटल एसिसटेन्स’का रुपमा कोर्टोना नामक प्रोग्राम समावेश गर्दैछ। यसले तपाईलाई विभिन्न कार्यक्रम सम्झाउने ‘रिमाइन्डर’का रुपमा काम गर्नेछ। यसका अन्य उपयोगी फिचरहरु पनि छन्।
windows 10 pic4
#विण्डोज टेनसंग इन्टरयाक्ट गर्न टच,टाइप र पेन उपलब्ध छन्। सबै कसिममा डिभाइसमा उत्कृष्ट देखिनेगरि विण्डोज टेन डिजाउन गरिएको छ। गेमका पारखीहुरलाई खुसी पार्न चर्चित एक्स बक्स पनि विण्डोज टेनका लागि आउँदैछ।windows 10 pic6
# विण्डोज टेनमा म्याप्स, मेल एण्ड क्यालेण्डर, म्युजिक एण्ड भिडियो जस्ता एप्सहरु बिल्ट इन हुनेछन्। यी एप्सहरुलाई विण्डोज टेन डिभाइसहरुमा सिक्रोनाइज गर्न मिल्छ।
- http://www.nepaliheadlines.com/
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved