Home » , » काखीका रौँ किन नकाट्ने?

काखीका रौँ किन नकाट्ने?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

युवतीकाहरुका काखीका रौँ नकाट्न आग्रह

अहिले चिनिया युवतीहरुमा आफ्नो काखीका रौँ प्रदर्शन गर्ने होडबाजी नै चलेको छ । युवतीहरुले आफ्ना काखीका रौँ देखाउने गरी आफ्नो सेल्फी खिचेर इन्टरनेटमा अपलोड गर्ने गरेका छन् ।




चिनिया सोसल साइट उइबोमा अहिले युवतीकाहरुका काखीका रौँ प्रदर्शन गरिएका तस्वीरको बाढी नै लागेको छ । रौँ नखौरिएका काखी देखाउने युवतीहरुको होडबाजी एउटा प्रतियोगिताकै कारण चलेको हो । गल्र्स नट प्लकिङ देयर आर्मपिट हेयर अर्थात् काखीका रौँ नउखेलेका महिला शीर्षकमा चलेको त्यो प्रतिस्पर्धाले सामाजिक मूल्यलाई चुनौति दिनुका साथै महिलालाई आफ्नो जिउका भुत्ला राख्न उत्प्रेरित गरको बताइन्छ ।



सोसल साइटमा रहेको उक्त प्रतियोगिताको पेज अहिलेसम्म २ करोड ८० लाखले हेरिसकेका छन् भने हजारौँ युवतीहरुले आफ्नो तस्वीर अपलोड गरिसकेका छन् । समाचार अनुसार यो प्रतियोगिताका आयोजकले उत्कृष्ट १० काखी भुत्ला चयन गर्नेछन् तर विजेतालाई पुरस्कार के हुने भन्ने खुलाइएको छैन । स्मरण रहोस् महिलाको प्राकृतिक सुन्दरतालाई प्रोत्साहन गर्ने भन्दै इन्टरनेटमा विभिन्न खाले अभियान चल्ने गरेका छन् । गत महिना मात्र टम्बलरमा भुत्लेतिघ्राधारी युवतीको क्लब नै गठन गरिएको समाचार आएको थियो । अमेरिकाको एरिजोना विश्वविद्यालयका छात्राहरुलाई एक प्राध्यापकले गत महिना अबको एक सेमेष्टर भरि नै काखीका रौँ नकाट्न आग्रह गरेका थिए ।



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1scth7X

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved