Home » , » कुखुराको मासुमा पनि ८० प्रतिशत एन्टिबायोटिक

कुखुराको मासुमा पनि ८० प्रतिशत एन्टिबायोटिक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस



काठमाडौं : कुखुराको मासुमा ८० प्रतिशतसम्म 'एन्टिबायोटिक' औषधिको मात्रा भेटिएको छ। पशु स्वास्थ्य निर्देशनालयअन्तर्गत भेटेनरी जनस्वास्थ्य कार्यालयले असार अन्तिममा मासुमा एन्टिबायोटिक औषधिको अवशेषबारे अध्ययन गरेको थियो। पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ। थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग भएको हुनाले समस्या आएको पशुविज्ञको ठहर छ।




कार्यालयले असारमा काभ्रे, भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न पसलबाट कुखुराको मासु र कलेजोको ५०/५० वटा नमुना संकलन गरेको थियो। संकलित नमुनालाई गहन अध्ययनपछि उक्त कार्यालयले साउनको दोस्रो साता आफ्नो निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनअनुसार मासु र कलेजोका ती नमुनामध्ये झन्डै ८० प्रतिशतमा नेपालसहित अन्य मुलुकले आयात र प्रयोगमा प्रतिबन्ध लगाएको अत्यन्त हानिकारक मानिने एन्टिबायोटिक औषधिको अवशेष छ। नमुनामध्ये मासुमा ४० प्रतिशत र कलेजोमा ६० प्रतिशत औषधिको अवशेष पाइएको छ। स्रोतले भन्यो, 'हामीले शरीरलाई स्वस्थ्य राख्न पोसिलो भनेर प्रयोग गर्दै आएको मासुले झन् नकारात्मक असर पुर्‍याउँदै आएको छ'



उच्च परिमाणमा भेटिएको औषधिको अवशेषयुक्त मासु सेवन गर्दा विकलांग बच्चा जन्मिने, ब्रेन ट्युमर, गर्भपतन र हृदयाघात हुने, मिर्गौला बिग्रने, रगतमा हेमोग्लोबिनको मात्रा कम हुनेलगायतका रोग लाग्न सक्छ। यसका साथै यस्तो मासु सेवन गरेको मानिस बिरामी पर्दा सामान्य औषधि र मासुमा पाइएको औषधि समूहको औषधिले छुँदैन।



अध्ययनअनुसार कुखुराको मासु र कलेजोमा टेट्रासाइक्लिन, माइक्रोलिड, सल्फोनामाइड, पेनिसिलिन, इमिनोग्लोकोसाइड, जेन्टामाइसिन, लिबोफ्लोक्सासिन, कोलेस्टिन, सिफ्रोफ्लोक्सासिन, भिर्जिनियामाइसिन, नियोमाइसिन, पेस्टिमिथायललगायत हानिकारक औषधिको मात्रा बढी भेटिएको छ। भेटेनरी जनस्वास्थ्य कार्यालयका वरिष्ठ पशुचिकित्सक बोधनाथ अधिकारीले उत्पादकले थोरै समयमा बढी तौल बढाउन कुखुरामा आवश्यकभन्दा बढी औषधिको प्रयोग गरेको जानकारी दिए। कार्यालयका अर्का अधिकृत डा. मुकुल उपाध्यायका अनुसार गुदीमै पसेको औषधिको असर जे गरे पनि कम गर्न सकिँदैन। उनले भने, 'मासुको बाहिरमात्र छ भने बढी तापक्रममा पकाउनुपर्छ। हानिबाट जोगिन औषधि प्रयोग भएका कुखुरा तत्कालै बिक्री गर्नु हुँदैन, एक महिनापछि बिक्री गरे हानि कम हुन्छ।



दुई वर्षअघि पनि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनअनुसार कुखुराको मासु, पांग्रा र कलेजोमा मानव स्वास्थ्यका लागि हानिकारक एन्टिबायोटिकको अवशेष पाइएको थियो।Annapurna Post बाट



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1u8UCbJ

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved