Recent News

पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएका छन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।
कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।
वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका थिए।
Kali youg
यि भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन। के के उल्लेख छ भागवत पुराणमा…
भबिष्यवाणी १
धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
भबिष्यवाणी २
कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
भबिष्यवाणी ३
पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
भबिष्यवाणी ४
व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
भबिष्यवाणी ५
कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
भबिष्यवाणी ६
एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
भबिष्यवाणी ७
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
भबिष्यवाणी ८
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।
भबिष्यवाणी ९
मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
भबिष्यवाणी १०
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
(यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उमेर भने कम भएको छ।)
श्रीमद् भागवत् १२-२-११।
भबिष्यवाणी ११
मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
भबिष्यवाणी १३
संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
भबिष्यवाणी १४
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
भबिष्यवाणी १५
सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
श्रीमद् भागवत् १२-३-३२।
- http://www.nepaliheadlines.com/2015-03-07-07-34-05/

बोलीबाट हुने ४ पाप, सँधै ख्याल गर्नुस्

मानिस नचाहिने कुराको विषयमा जति कम सोंच्छन् र जति कम बोल्छन् जीवनमा त्यति शान्ति हुन्छ । सुखी र शान्त रहन ब्यर्थका सोंच र बोली त्याग्नु पर्ने दार्शनीकहरु बताउँछन् । शास्त्रमा बोलीबाट समेत पाप हुने उल्लेख गरिएको छ । बोलीबाट हुने पाप के के हुन् ? थाहा पाउनुस् ।
१ निद्रा विथोल्नु र चुकली लगाउनु
कुनै पनि ब्यक्ति सुतेको समयमा बोलेर निद्रा विथोल्नु बोलीबाट हुने पाप हो । त्यसैगरी निद्रा विथोल्ने र कसैको विषयमा चुकली लगाउने काम बोलीबाट हुने पापमा पर्ने शास्त्रमा उल्लेख छ । सम्बन्धमा रहँदा नमिठो बोल्नु र कसैलाई बोलीबाट चित्त नदुखाउनु बोलीबाट हुने धर्म भनिएको छ ।

4 vices we do in life
२ रुखो बोली
कतिपय ब्यक्तिको स्वभाव रुखो हुन्छ । रुखो स्वभावका ब्यक्तिको बोली पनि रुखो र नमिठो हुन्छ । कसैलाई पनि आफ्ना रुखो बोलीले चित्त दुखाउनु पाप भएको शास्त्रमा उल्लेख छ । सके सम्म बोल्दा मिठो र मधुर बोली बोल्नुस् ताकि तपाइँको बोलीले कसैको चित्त नदुखोस् । उस्तो कुरलाई समेत मिठो ढंगबाट भन्न सकिन्छ सके सम्म मिठो बोलीको प्रयोग गर्नुस् ।
३ झूटो बोल्नु
झुटो बोल्नु आफैमा पाप हो । झुटो बोलीले शुरुमा सुःख शान्ति दिएपनि त्यसले प्रकारान्तमा दुःख र तनाव मात्र दिन्छ । झुटो बोलेर अरुलाई छल्नु पाप मानिन्छ । यो पनि बोलीबाट हुने पाप हो । एक पटक झुट बोल्दा पटक पटक त्यसलाई ढाक्नका लागि झुट बोल्नु पर्ने हुन्छ तसर्थ झुट नबोल्नुस् ।
4 vices we do in life  1
४ ब्यर्थका कुरा गर्नु
ब्यर्थका कुरा गर्नु अर्थात बकबास गर्नु पनि पाप मानिएको छ । नचाहिने कुरा गरेर समय बर्बाद गर्ने र अरुको समय समेत बर्बाद गरिदिने क्रियालाई पाप भनिएको छ । नचाहिने कुरा गर्दा अरुलाई कष्ट हुने भएकाले पनि यस्तो गर्नुलाई शास्त्रमा पापको श्रेणीमा राखिन्छ । सँधै ख्याल गर्नुस् आफूले बोलेका कुराले अरुलाई डिस्टर्ब हुने वा दुःख हुने काम नहोस् ।

मन्त्रको सुरुमा ॐ अनि अन्त्यमा ‘स्वाहा’ को रहस्य

हिन्दुधर्ममा प्रयोग गरिने सबै मन्त्र ‘ॐ’ बाट किन सुरु हुन्छ अनि ‘स्वाहा’ मै अन्त्य किन?
भगवानको पुजा गर्दा धेरै मन्त्रहरु उच्चारण गरिन्छ। यी सबै मन्त्रको अगाडी पवित्र मानिने ‘ॐ’ लगाइन्छ। वैदिक होस् या पौराणिक सबै मन्त्रमा यस्तै हुनेगरेको पाइन्छ। विभिन्न धर्म ग्रन्थमा यस्तो किन हुन्छ भनि खुलाइएको छ।
Ohm symbol
ॐ लाइ एकाक्षर ब्रह्म हो भनि विश्वास गरिन्छ, जो यो संसारको सृष्टीकर्ता अनि संहारकर्ता पनि हुन। ॐ नै भगवान हो, ॐ नै शासक हो।
गणेशलाइ प्रकृतिको परब्रह्मा पनि भनिन्छ। गणेश नामलाइ ‘गुण को ऐस’ भनि बुझ्न सकिन्छ। सजिलो तरिकाले बुझ्दा गणेश स्वर्गका देवता मात्र हैनन, गुणका देवता पनि हुन।
ganesh
यसकारणले पनि गणेशको प्रतीकको रुपमा ॐ शब्दलाइ लिइन्छ। गणेश सबैभन्दा पहिले पुजिने देवता हुन।
मन्त्रको अगाडी ॐ शब्द उच्चारण गर्दा गणेशलाइ सबैभन्दा पहिले सम्झनु भन्ने बुझिन्छ जसरी सबैभन्दा पहिले गणेशकै पुजा गरिन्छ।
ॐ शब्दमा अलौकिक शक्ति रहेको हुन्छ अनि अत्यन्त शुभ मानिन्छ, त्यसैले पनि यसलाइ पहिला उच्चारण गर्ने गरिन्छ।
मन्त्रको अन्त्यमा ‘स्वाहा’ किन हुन्छ?
सृष्टीको सुरुवातमा देवताहरुमा खानेकुराको निकै अभाव भयो। सबै देवता ब्रह्माको अगाडी उपस्थित भए। ब्रह्माले एक उपाय रचे। यज्ञको बेला होमिने वस्तुहरुलाइ प्रयोगमा ल्याएर देवताहरुको खानेकुराको कमी पुर्ति गरिने भयो। तर ब्राह्मणहरुले होम गर्दा अग्निमा हालेको कुरा अग्नीले जलाउन सक्थ्यो। ब्रह्माले प्रकृतिकी देवीको तपस्या गरे। एक देवी प्रकट भइन अनि ब्रह्मालाइ के चाहियो भनि भनिन। ब्रह्माले देवीलाइ आग्रह गरे की उनी अग्नीसंग मिलेर होममा चढाएका वस्तु जल्नबाट बचाउन।
puja hom
ब्रह्माले भने, जब मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन्छ तब मात्रा होममा चढाएका वस्तु अग्निले नजलाइ‍ स्वर्गका देवताले पाउँथे। यो संगै ती स्वाहा देवी अग्नीको स्त्री साथी भइ सगै रहन थालिन। अग्निको शक्ति अनि स्वाहा देवीले आफ्नो वशमा लिइन। अनि मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन थाल्यो कि स्वर्गमा फेरी खानेकुराको संकट नपरोस भनि।
- http://www.nepaliheadlines.com/

भूकम्पपछि इन्टरनेट चलाइरहनु भएको छ ? यो कुरामा ध्यान दिनुस्

काठमाडौं ।
बैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रविन्दु भएको भयानक भूकम्पपछि नेपाल इतिहासकै सबै भन्दा खराव विपत्तिमा छ । यो विपत्तिमा धेरै मानिसहरु एक आपसमा सहयोग गर्न तत्पर छन् भएपनि कतिपय आपराधिक मानसिकताका मानिस पनि यही मौकामा सक्रिय भएका छन् ।
नेपाल प्रहरीले भूकम्पको विपत्तिपछि इन्टरनेट चलाइरहेकाहरुलाई विशेष अनुरोध गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (CIB) ले इन्टरनेट प्रयोगकर्ताहरुलाई विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको हो । यस्तो समयमा विभिन्न ह्याकरहरुले इमेल वा अन्य माध्यमबाट तपाइँको गोप्य सूचना लिने खतरा हुने भएकाले सचेत रहनु पर्ने प्रहरीको भनाइ छ ।
प्रहरीको सूचनाः
CIB Notice
http://www.nepaliheadlines.com/

जति कन्यायो त्यति चिलाउने कारण यस्तो

तपाइँले कहिले विचार गर्नु भएको छ ? शरीरको कुनै ठाउँमा चिलायो र कन्याउन थाल्यो भने थप चिलाउन थाल्छ । आखिर यस्तो किन हुन्छ होला ?
itching
बैज्ञानिकहरुले यो रहस्य सुल्झाएका छन् । हालै गरिएको एक शोध अनुसार शरीरमा हुने एक प्रकारको हर्मोनले चिलाएको ठाउँमा कन्याउँदा थप चिलाउने समस्या हुने गरेको तथ्य पत्ता लागेको हो ।
बैज्ञानिकहरुले मुसामा गरेको एक अध्यनबाट मानव शरीरमा उत्पादन हुने सेरोटोनिन नामक हर्मोनका कारण थप चिलाउने समस्या हुन्छ ।
itching 1
बैज्ञानिकहरुले मुसामा गरेकै अध्यनकै आधारमा कन्याउँदा थप चिलाउने कारण पत्ता लगाएका हुन् ।
यो अनुसन्धान सम्बन्धी रिपोर्ट न्युरोन म्यागेजिनमा प्रकाशित गरिएको छ ।
एजेन्सी ।
-http://www.nepaliheadlines.com/

यति भव्य र शक्तिशाली छ विण्डोज टेन (फोटो कथा)

माईक्रोसफ्टले छिट्टै सार्वजनिक गर्न लागेको अपरेटिङ सिस्टम विण्डोज टेन(Windows  10) यतिखेर चर्चामा छ। विण्डोज टेन चर्चामा रहनुको एउटा कारण हो-त्यो सित्तैमा उपलब्ध हुनेछ। यस अघिका विण्डोजमा भर्सन जस्तै यसलाई पैसा तिर्नु पर्दैन्।
यसको चर्चामा यतिमै मात्र सिमित छैन्। माइक्रोसफ्टले विण्डोज टेनलाई विशेष बनाउन कुनै कसर बाँकी राखेको छैन्। माईक्रोसफ्टले विण्डोज टेन ४ मा मुलमन्त्रमा आधारित रहेको दाबी गरेको छ। ४ मन्त्रमा सहजता, उपयोगिता, व्यक्तिगत र लचकता छन्।
यही जुलाई २९ सार्वजनिक हुन लागेको विण्डोज टेन माईक्रोसफ्टले केही वर्ष यता खाएको ठक्कर र हण्डरबाट बनेको हो। कुनै बेलामा कम्प्युटरको दुनियाँमा एकछत्र राजगरेको माईक्रोसफ्ट आजकल खुम्चिएको छ।
स्मार्टफोनमा पनि विण्डोज जम्म सकेन भने एण्ड्रोइड र एप्पलसंग प्रतिष्पर्धा गर्न विण्डोजलाई गाह्रो हुँदै गएको छ। यसै पृष्ठभुमिमा विण्डोज टेन सार्वजनिक हुन लागेको हो।
विण्डोज टेनका खास फिचरहरु
#यसलाई चलाउन गाह्रो छैन्। अघिल्ला भर्सनहरु विण्डोज ७ र विण्डोज ८ का राम्रा विशेषतलाई कायम राखेर यसको डिजाइन गरिएको छ। विण्डोज टेन चाँडो खूल्छ भने बिल्ट इन सेक्युरिटी फिचरले तपाईको कम्युटरलाई सुरक्षित राख्छन्। विण्डोज टेनका लागि नयाँ हार्डवेयरको आवश्यक्ता पर्दैन् । तपाईकै भइरहेकै ल्यापटप वा कम्युटरमा यो चल्दछ। विण्डोज टेनको स्टार्ट यस्तो छ..
windows 10 pictures
#विण्डोज टेनलाई १० लाख भन्दा बढिले विण्डोज इन्साइडर कार्यक्रम अन्तर्गत चलाइ राखेका छन्। उनीहरुको फिडब्याकले विण्डोजलाई अझ सुधार्न थप मद्धत पुगेको माइक्रोसफ्टले बताएको छ।
#आजकल इन्टरनेट बिनाको कम्युटरको कल्पना गरिन्न। इन्टरनेट कम्प्युटरको लागि अभिन्न भइसक्यो। विण्डोजको ब्राउजर इन्टरनेट एक्सप्लोररले क्रोम र फायरफक्ससंग प्रतिष्पर्धा गर्न नसकेको बुझेको माइक्रसफ्टले विण्डोज टेनमा नयाँ वेब ब्राउजर भित्र्याउँदै छ। विण्डोज एज नाम दिइएको यो ब्राउजर बजारमा रहेका अन्य ब्राउजर भन्दा भिन्नै तर निक्कै उपयोगी हुने माइक्रोसफ्टको दाबा छ।
windows 10 pic1
#कुनै जमाना थियो कम्प्युटरमा एकचोटीमा एउटा मात्रै प्रोग्राम चलाउन मिल्थ्यो। अब मल्टिटास्किङ नभए के कम्युटर! विण्डोज टेनमा मल्टि डुविङलाई खास प्राथमिकतामा राखिएको छ। एकैचोटी चारवटा एप चलाउन सकिन्छ। यसैगरि भर्चुवल डेस्कटप समेत बनाउन सकिन्छ।
windows 10 pic3
#एण्ड्रोइडको प्ले स्टोर र एप्पलको एप्पल स्टोर जस्तै एपहरुको लाइब्रेरीको रुपमा विण्डोज स्टोर पनि माइक्रोसफ्टले प्रयोगमा ल्याउने छ।
# विण्डोज टेनबाट माइक्रोसफ्टले ‘पर्सनल डिजिटल एसिसटेन्स’का रुपमा कोर्टोना नामक प्रोग्राम समावेश गर्दैछ। यसले तपाईलाई विभिन्न कार्यक्रम सम्झाउने ‘रिमाइन्डर’का रुपमा काम गर्नेछ। यसका अन्य उपयोगी फिचरहरु पनि छन्।
windows 10 pic4
#विण्डोज टेनसंग इन्टरयाक्ट गर्न टच,टाइप र पेन उपलब्ध छन्। सबै कसिममा डिभाइसमा उत्कृष्ट देखिनेगरि विण्डोज टेन डिजाउन गरिएको छ। गेमका पारखीहुरलाई खुसी पार्न चर्चित एक्स बक्स पनि विण्डोज टेनका लागि आउँदैछ।windows 10 pic6
# विण्डोज टेनमा म्याप्स, मेल एण्ड क्यालेण्डर, म्युजिक एण्ड भिडियो जस्ता एप्सहरु बिल्ट इन हुनेछन्। यी एप्सहरुलाई विण्डोज टेन डिभाइसहरुमा सिक्रोनाइज गर्न मिल्छ।
- http://www.nepaliheadlines.com/

विश्वका ७ चर्चित मोडल (फोटो फिचर)

केन्डल जेनर देखि कारा डेलिभिग्ना सबै नयाँ पुस्ताका सुपरमोडलहरुले फेशन दुनियामा आफनो पहिचान बनाइसकेका छन्। उनीहरुका मिलेका अनुहार र सर्प जस्तो शरिरमात्र चर्चाको विषय बन्दैनन्, यिनका प्रस्तुति अनि इन्टरनेटको चर्चा पनि विषय बन्छन्। यी मोडलहरु विषेशतः आफ्नो इन्स्टाग्राम एकाउन्टबाट सबैका माझ छाएका छन। व्यायाम गरेको, पकाएको देखि आफ्ना व्यक्तिगत तस्बिरहरु पनि इन्स्टाग्राममा राख्ने गर्छन् मोडलहरु। यी सात मोडलहरु जो विश्वको फेशन र ब्युटी वर्ल्डमा आफ्नो पहिचान बनाएका छन्, हेर्नुहोस् को को छन्!
गिगी हडिड
Gigi Hadid 2यी मोडलले आफ्नो करिअरको सुरुवात न्युयोर्क फेसन विकमा पहिलो पटक क्याटवाक गरि सुरु गरेकी थिइन। केही फेसनका पत्रिका तथा वेवसाइटहरुको मुख्य पेजमै आफ्नो तस्बिर प्रकाशित गरि एक सफल मोडलको रुपमा पहिचान बनाएकी छिन गिगीले।
कार्ली क्लोस
Karlie Klossसायदै कुनै यस्तो ब्राण्ड छ होला जसमा यी २२ वर्षिया मोडलले क्याटवाक नगरेको होस। उनी अमेरिका, ब्रिटेन र जापानका फेसन म्यागजिनको कभर बाहेक सन् २०१३ र २०१५ को बिचमा भिक्टोरियाको ‘सेक्रेट एन्जल’ रहिन।
कारा डेलिभिग्ना
Cara Delevingne१० वर्षको उमेरबाटै ‘भोग’ पत्रिकाको इटाली संस्करणको लागि पोज गर्न सकिसकेकी थिइन काराले। २२ वर्षकी यी मोडल केही ठुला फेसन प्रोजेक्टमा काम गरिसकेकी छिन।
जोन स्मल्स
Joan SmallsJoan Smalls 2केही समय अगाडी मात्र पोर्टर म्यागजिनमा पहिलो रंगिन तस्बिरमा आइन यी मोडल। फोर्ब्स म्यागजिनले आठ पटक यी मोडललाइ सबैभन्दा बढी कमाउने मोडलको लिस्टमा पनि राखेको थियो।
जौर्डान डुन
Jourdan Dunn
यी २४ वर्षिया ब्रिटिश सुपर मोडल फोर्ब्सको बढी कमाउने मोडलको लिस्टमा आइसकेकी छिन। सन् २०१४ मा उनको अनुमानित कमाइ करिब ४ मिलियन डलर थियो।
लिन्डसे विक्सन
Lindsey WixsonLindsey Wixson 2
१३ वर्षको उमेरबाट मोडल बन्ने सोचेकी उनलाइ ‘भोग इटालिया’ को लागि कभर तस्बिरमा देखिन कुनै गाह्रो भएन। त्यस पश्चात विभिन्न फेसन म्यागजिनको कभरमा उनको तस्बिर प्रकाशित भइसकेको छ।
केन्डल जेनर
Kendall Jenner
Kendall Jenner 2
सोसल मिडिया मोडलको रुपमा परिचत केन्डल ‘कार्दसियन’ परिवारकी एक सदस्य पनि हुन। आज केन्डलको मोडलिङ दुनियाँमा निकै नाम छ।

-http://www.nepaliheadlines.com/

के तपाईलाई लगातार प्यास लागिरहन्छ ? यसो गर्नुहोस्

गर्मी महिनामा लगातार प्यास लागेर घाटी सुक्ने भइरहन्छ । कहिलेकाही त लगातार पानी पिउदा समेत प्यास मेटिदैन । यस्तो बेला लगातारको प्यास कम गर्नको लागि केही घरेलु उपायहरु छन । जुन यस प्रकार रहेका छन ।


water
भूँइकटरको माथिपटीको बोक्रा निकालेर त्यसलाइ काटेर चिनी पानीमा डुबाउनुहोस र केही समय पश्चात खानुहोस तपाइलाई प्यास लाग्न कम हुन्छ ।
दुई चम्चा दहिमा सानो टुक्रा अलैची पिनेर त्यसलाई चाटेर खाएमा पनि प्यास लाग्न कम हुन्छ ।
महलाई पानीमा राखेर कुल्ला गरेमा वा ल्वाङ्ग लाइ मुखमा राख्नाले पनि प्यास लाग्न कम हुन्छ ।
भुटेको जौको पिठोलाई पानीमा घोलेर त्यसमा थोरै घ्यु हालेर सेवन गरेमा पनि प्यास लाग्न कम हुन्छ ।
पुदिनाको पातलाई पिसेर पानीमा मिलाएर खाएमा पनि प्यास लाग्न कम हुन्छ ।
Source : http://onlinepatrika.com/32319/

मध्यरातमा यौनइच्छा हुन्छ,के गर्ने ?

म ४२ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा ९ वर्षले कान्छी छिन् । हाम्रा दुईजना छोराछोरी छन् । मलाई दैनिक यौनइच्छा हुन्छ र म प्राय: सुतिसकेपछि मध्यरातमा ब्युँझन्छु । मलाई त्यसपछि नै यौन इच्छा हुन थाल्छ । यौन क्रियाकलापका लागि श्रीमतीसँग आग्रह गर्दा उनी रिसाउँछिन् र जबरजस्ती गरेको आरोप लगाउँछिन् । मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उनी मान्दिनन् । हिजोआज ममा चिडचिडेपन पनि देखिन थालेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ ? यो कस्तो समस्या हो ?
sponsor
सल्लाह: यो प्रश्न पढ्दा तपाईंंमा अहिले कुनै चिन्ता छ कि भन्ने बुझिन्छ । चिन्ताको विषयमा श्रीमतीसँग कुरा नभएको हुनसक्छ वा तपाईंंलाई यस्तो समस्या चिन्ताले पनि हुन्छ भन्ने कुरा थाहा नभएको हुनसक्छ । यो समस्याका बारेमा खुलेर चर्चा गर्न तपाईंको निन्द्रा सधैं मध्यरातमा खुल्ने हो कि कहिलेकाहीं मात्र खुल्ने हो, प्रस्ट हुनु आवश्यक छ । यदि सधैंजसो मध्यरातमा निन्द्रा खुल्ने हो भने उदासीपनको लक्षण बुझिन्छ र यसको उपचारका लागि मनोचिकित्सक वा मनोविद्कहाँ तुरुन्तै जानु आवश्यक हुन्छ । यदि कहिलेकाहीं मात्र निन्द्रा खुल्ने हो भने आफ्नी श्रीमतीसँग खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउनु आवश्यक छ ।
मध्यरातमा निन्द्रा खुल्ने समस्या उच्च रक्तचापको वा अन्य कुनै औषधी सेवन, सुत्ने कोठाको वातावरण, राति खाएको खाना आदिका कारणले पनि हुन सक्छ । कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुन्छ । तपाईं मध्यरातमा ब्युँझिनुहुन्छ र आफ्नो चाहना पूरा गर्नेतर्फ लाग्नुहुन्छ भने तपाईंले श्रीमतीको यौनचाहनालाई सम्मान नगरेको बुझिन्छ । हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, कुनै दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् तब उनीहरूले एक–अर्काको यौनइच्छाको फरकपनलाई कसरी एकै खालको बनाउँछन्, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।
राति हुने यौनसम्पर्कलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हँुदैन । हुन सक्छ, श्रीमतीसँग आफ्नो यौन इच्छाका बारेमा खुलेर प्रस्टसँग भन्न नसक्दा तपाईंकी श्रीमतीले तपाईंको यौन इच्छाका बारेमा नबुझेको हुनसक्छ । तपाईंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै खराबी वा भनौं डेभिएसन आएजस्तो लाग्दैन । हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ ।
त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा तपाईंहरूबीच एक–अर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आएको पनि बुझिन्छ । दुई जनाबीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एक–अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ ।
यदि तपाईंले इच्छा राख्ने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसलाई सम्मान गर्नु आवश्यक हुन्छ । दम्पतीबीच गुणस्तरीय संवाद गर्ने सीपको विकास भएन भने दैनिक जीवनमै असर देखिन थाल्छ । तपाईंमा देखिएको चिडचिडाहट र रिस पछि गएर अझ बढी हुन सक्छ र यसले तपाईंको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय संवादबाट सुल्झन सक्छ, त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने दुई जनाबीचको संवादपश्चात् विशेषज्ञको सहयोगसमेत लिन सकिन्छ । यदि श्रीमतीले तपाईंलाई माया गर्नुहुन्छ भने उहाँले यो समस्या पनि बुझ्नु हुनेछ ।
साभार: साप्ताहिक

३१ वर्षको उमेरमा यी हिरोइनको ज्यान गयो

aarthi_agarwal_hot_pics_saree_photo-otherकाठमाडौं । सुन्दर देखिन हिरोइनहरु विभिन्न प्रकारका कस्मेटिक सामाग्रीहरु प्रयोग गर्छन् । जून शरीरका लागि हानिकारक छ ।
त्यही कस्मेटिक साम्रगीको प्रयोगबाट विरामी परेकी एक हिरोइनको आइतबार मृत्यु भएको छ ।
मोटोपन र फोक्सोको समस्याबाट ग्रसित भारतको तेलुगु फिल्मकी ३१ वर्षीय हिरोइन आरती अग्रवालको हृदयाघातबाट आज न्यूजर्सीको प्राइवेट अस्पतालमा निधन भएको हो ।
मोटोपनका कारण उनी केही समयदेखि विरामी थिईन । उनको चलचित्र ‘रनम २’ को रिलिज यही शुक्रबार जेठ २२ गते भएको थियो । उनको उमेर मात्र ३१ वर्ष भएको थियो ।
उनले २००१ देखि फिल्म खेल्न सुरु गरेकी थिईन् । करिब ७ वर्षदेखि उनी दक्षिण भारतीय फिल्ममा काम गर्दै आइरहेकी थिईन् ।
- See more at: http://dainiknepal.com/2015/66011.html#sthash.OqlArySb.dpuf

कार्टुन जस्तै बन्न स्तनमा मुटु बनाएपछि…

एजेन्सी । जमाना प्रविधिको छ र प्रविधिको अधिकतम विकासको सदुपयो पनि भैरहेको छ । बेलायतमा यस्तै भएको छ । एक महिलाले लामो समय र रकम खर्च गरेर आफ्नो स्तनलाई मुटुको आकारमा ढाल्न सफल भएकी छन् ।
nude2
बेलायतको वेकफिल्ड निवासी विनिया बुटेल नामकी महिलाले १५ वर्ष समय र दुई करोड रुपैयाँ खर्च गरेर आफ्नो स्तनको निप्पललाई मुटुको आकार दिलाउन सफल भएकी हुन् ।
उनी जब १५ वर्षकी थिइन्, त्यस बेला स्पेनको इबिजामा घुम्न गएकी थिइन् । त्यही बेला एकजना चित्रकारले उनको चित्र बनाए । चित्रमा उनको स्तनको निप्पल मुटु आकारको थियो ।cartun
उनले उक्त चित्रमा जस्तै निप्पललाई मुटु आकारमा ढाल्न मन लाग्यो । तत्पश्चात् उनले आफ्नो नितम्ब, मुहार र स्तनको सर्जरी गराउने काम थालीन् । उनले त्यसकालागि स्तनको पाँच पटक सजीरी गराईसकेकी छन् भने अब फेरि नितम्बको सर्जरी गराएर थप ठुलो पार्ने योजनामा छिन् ।
- See more at: http://www.nepalsandesh.com/2015/02/22/122818.html#sthash.FoQRZpTw.dpuf

सेक्स गर्न नदिएको भन्दै अदालतमा !

sexएजेन्सी । भारतको मुम्बईको अदालतले हनिमुनको समयमा जीवनसाथीले सेक्सका लागि नमानेका कुनै प्रकारको अत्याचार नहुने फैसला गरेको छ ।
यही विषयलाई लिएर एक पम्पत्तिले सम्बन्धविच्छेदका लागि दिएको निवेदन पनि खारेज गरेको छ ।
यदी एक पत्नी विवाहको तुरुन्त सर्ट र पेन्ट लगाएर अफिस जान्छिन् भने वा अफिसको कामका कारण सहर बजार जान्छिन् भने त्यसबाट पतिलाई अत्याचार नहुने ठहर अदालतले गरेको छ ।
विशेष परिस्थितिमा हुने यस्ता घटनाहरुबाट अत्याचार हुने भएको मान्न नसकिने अदालतको दावी छ । अदालतले भनेको कि खराब आचरणको लामो समयसम्म हेर्नुपर्छ, जबकी संगे समय बिताउन मुश्किल हुनछ तब मानसिक क्रुरता बराबर हुनेछ ।
सबै परिवारमा बेलाबखत सामान्य झैझगडा हुने भन्दै कुनै एक दिन सेक्सका लागि राजी भएन भन्दैमा अत्याचार भयो भन्दै हिँड्नु गलत रहेको सुनुवाईमा भनेको छ । एक २९ वर्षे विवाहिताले हनिमुनमा सेक्स इन्कार गरेको भन्दै यस विषयमा निवेदन दिएकी थिइन् ।
- See more at: http://www.nepalsandesh.com/2015/06/06/136188.html#sthash.2nCftjOq.dpuf

जापानले बनायो गफ गर्ने तकिया !

japan pilloजापान । जापानले मानव आकारको तकिया विकास गरेको छ, त्यो पनि बोल्ने ! सन्दै अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन ।
आफूलाई मन पर्ने साथीको जस्तै आवज निस्कन सक्ने तकिया जसबाट कुरा कानी गर्न सकिनछ त्यस्तो फोनको बिकास जापानमा गरिएको छ ।
आफूबाट टाढा भएका हरुसँगको निकटताकोलागि भन्दै जापानमा मानिसको छाला जस्तै बस्तुको प्रयोग गरेर यस्तो प्रविधिको फोनको बिकास गरिएको हो । हुगभी नाम गरिएको उक्त तकिया मानव आकृति जस्तो छ । जसको नाक, आखा तथा ओठ छ भने साना हात जस्तो लाग्ने भूत आकृतिको रोवोर्टलाई बाहिरबाट कपडाले बेरिएको छ ।
हुगभीमा फोन गर्न इच्छा भए सँगै आफ्नो फोन राख्न मिल्ने बनाइएको छ जसले आफ्नो साथी भाई वा परिवारका सदस्य सँग गफ गरेझै हुने निर्माताहरुको दावी छ ।
कोयोदोमा रहेको दुरसञ्चार अनुसन्धान केन्द्रले मानिसहरुलाई जतिसक्दो नजिक रहेको अनुभूति दिनकोलागि दुई संवेदनशिल बस्तुको बिकास गरेको जनाएको छ ।उनीहरुका अनुसार सुन्ने र छुने दुई संवेदनसिलता बिकास गरिएको छ ।
उनीहरुले विद्युतिय तथा बैज्ञानिक उपकरणको मानवीय संवेदना माथिको अध्ययनमा समेत उक्त फोन तकिया प्रयोग हुने जनाएका छन् ।
- See more at: http://www.nepalsandesh.com/2015/06/07/136395.html#sthash.9DI240MH.dpuf

दिल कसरी टुट्छ?

भनिन्छ श्रीमान र श्रीमती भएपछि २ जनाको मन मुटु मिलेको हुन्छ ।
heart
एक मुटु दुख्दा अर्कोको मुटुमा पनि दुख्छ भन्ने कुरा सुनिएकै हो । यसैको एउटा उदाहरण बनेको छ क्याफोर्नियामा एक दम्पती श्रीमानको मृत्यु भएको एक घण्टामै श्रीमतीको पनि मृत्यु भएको घटना । त्यस्तै अर्को घटनामा श्रीमानको मृत्यु भएको ७ दिनमै श्रीमतीको पनि मृत्यु भयो । यी घटनाहरुलाई दिल अथवा मुटुसंग  नै जोडेर हेरिएको हुन्छ ।
के दिल टुटेको परिणाम मृत्यु हो त ? सोच्न बाध्य बनाउछ ।
बिट्रेनका अनुसन्धानकर्ताहरुले यो प्रश्नको उत्तर दिन खोजेका छन् । जेएएमए इंटरमेडिसिन पत्रिकामा प्रकाशित अनुसन्धानको अनुसार यस्ता घटनाहरु कहिलेकाँही हुन्छन् । आफन्तको मृत्युपछिको असर सिधै दिलमा पर्ने गर्दछ । र उनिहरुका आफन्तको मृत्यु हुदा दिल अथवा मुटुमा धक्का लाग्ने भइ गम्भीर बिरामी पर्ने र मृत्यु हुन सक्ने हुन्छ । आफनो मान्छे हराएको अथवा मृत्यु भएको एक महिनाभित्रमा हर्ट अट्याक हुने खतरा दुई गुना बढेर जान्छ
दिल टुटेको लक्षण के हुन्छ ?
ब्रिटिस हार्ट फाउण्डेसनका अनुसार  यो एक स्थायी स्थिति हो जसमा तपाइको दिलको एक मांशापेशी अचानक कमजोर हुन्छ दिलको बायातिरको आकार पनि बदलिने गर्दछ । 
अर्को एक अनुसन्धानका अनुसार अली फरक छ । यसमा दिलको काम बन्द गर्न एक धमनी बन्द हुन्छ र रक्तसञ्चार पनि बन्द हुन्छ अनि रगत जमेर मानिसको मृत्यु हुने गर्दछ । अनुसन्धानका अनुसार अधिकांश ब्यक्तिको धमनी सामान्य हुन्छ र रगत सहि तरिकाले सञ्चार हुने गर्दछ । कयौ मानिस दबाब बाट मुक्त भए भने दिल अथवा मुटुको आकार सहि ठाउँमा आउने गर्दछ । तर मानिसको उमेर बढ्यो भने मुटुको रोग पनि लाग्ने गरेको अनुसन्धानले देखाएको छ ।
- http://www.nepaliheadlines.com/2014-08-15-09-43-35/

कुकुर चोरेको भन्दै यो हाल बनाइयो (फोटो फिचर)

एजेन्सी ।
यी तस्विर चीनको हुनान प्रान्तस्थित यिझाङ काउन्टिमा पर्ने शेपिङ गाउँका हुन् । यी युवकलाई कुकुर चोरेको अभियोगमा यसरी कुटपिट गरिएको हो ।
dog thept boy 1dog thept boy 2dog thept boy 3

गाउँबाट हराएको कुकरसँग रंगेहात फेला परेको भन्दै गाउँलेले यी युवक र उनका साथीलाई रामधुलाइ गरेका थिए ।
dog thept boy 4
उनीहरु कुटिएको थाहा पाएपछि आएको पुलिसलाई समेत गाउँलेले आक्रमण गरे ।
dog thept boy 5
रिसाएको गाउँले भिडले २ युवकलाई करिव ९ घण्टा सम्म पिटेका थिए । उनीहरुलाई घाँटीमा मरेको जनावर राखेर रुखमा बाँधियो । गाउँलेहरुले मासुको लागि कुकुर चोरेको भन्दै उनीहरुलाई यो हालत बनाएका हुन् ।
dog thept boy
पुलिसले ती युवकहरुलाई सुरक्षित स्थलमा लैजान खोज्दा पुलिसँग उनीहरुले १६ लाख क्षतिपुर्ति मागे । पुलिसले दिन अस्वीकार गरेपछि पुलिसमाथि नै हमला भएको डेली मेलले जनाएको छ ।
- http://www.nepaliheadlines.com/

कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा !

एजेन्सी ।
हालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने समस्या हुन सक्ने देखाएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो ।
Knee pain
कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त अध्यनको निष्कर्ष छ । दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन् ।
knee pain 1
यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो । कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो ।
यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्‍यहूमेटोलोजीमा प्रकाशित छ ।

दैनिक खाइने यी खानाले क्यान्सर निम्त्याउने

प्रत्येक वर्ष विश्व भरमा करिब १०० लाख भन्दा बढी मानिसहरुमा क्यान्सर देखिने गरेको छ। तर केही मानिसहरु आफुले खाने खानामा कतै क्यान्सरको कारण बन्ने कार्सिनोजिन त छैन भनि सचेत पनि हुने गरेका छन्। कार्सिनोजिन यस्तो पदार्थ हो जस्ले क्यान्सर देखिनुमा प्रत्यक्ष भुमिका खेल्छ। यसले जिनोमलाइ क्षति गर्छ साथै कोषको मेटाबोलिजम प्रकृयामा पनि उथलपुथल ल्याउँछ।

के हामीले खाने खानाले नै विस्तारै मृत्युको मुखमा पुर्याउदै त छैन?

अत्याधिक प्रशोधन गरिएको सेतो पिठो
white flour
अत्याधिक प्रशोधन गर्दा सेतो पिठोमा भएको पौष्टीक पदार्थमात्र नष्ट हुदैन, यसमा क्लोरिन ग्यासपनि मिसिन जान्छ। क्लोरिन ग्यास खतरनाक मानिन्छ मानव शरिरको लागि। घातक मानिने यो ग्यास रगतमा हुने सुगरको लागि पनि राम्रो मानिदैन। यस्तो पिठोले शरिर मोटो बनाउने मात्र हैन क्यान्सन बढाउन पनि भुमिका खेल्छ।
माइक्रोओभन प्रयोग गरि भुटिएको पपकर्न
pop corn
खानलाइ मिठो अनि बनाउन सजिलो, पपकर्न अधिकांशले मनपराउँछन्। अझ फिल्म हेर्दै खानुको मज्जा नै बेग्लै। तर माइक्रोओभन बाट तयार पारिएको पपकर्नमा भने ‘पर्फ्लुरोअक्टानो एसिड’ भन्ने केमिकल पाइने बताइन्छ। यो केमिकल टफ्नोलमा पनि पाइन्छ। यसले महिलामा बाँझोपन देखि किड्नी, ब्लाडर, कलेजो, प्यानक्रियाज, तथा अण्डकोष क्यान्सरको सम्भावना बढाउँछ।
रक्सी
alcohol
रक्सीको अत्याधिक सेवनले धेरै स्वास्थ्य समस्या ल्याउछ; मधुमेह, कलेजोको खराबी अनि विभिन्न प्रकारका क्यान्सर। नयाँ रिसर्च अनुसार हरेक दिन थोरै मात्र रक्सी नियमित पिउने महिलाको स्तन क्यान्सरहुने सम्भावना ३०% हुन्छ कहिल्यै नपिउने महिलाको भन्दा। रक्सी सुर्तीजन्य पदार्थ पछिको दोस्रो ठुलो कारंण हो क्यान्सरको। विश्व स्वास्थ्य संगठनको विभिन्न रिसर्च अनुसार रक्सी; मुख, कलेको, पेट, आन्द्रा तथा मलाशयको क्यान्सरको प्रमुख कारण हो।
चिनीबाट बनेका प्रशोधित खानेकुरा अनि सोडा पप
Soda coke
उच्च फ्रुक्टोज कर्न सिरप क्यान्सर कोषका लागि भुमिका खेल्ने तत्व मानिन्छ। यसको अर्थ, अधिकांश, केक, सोडा, जुस आदी ‘भो नखाम’ भन्ने सूचीमा पर्न जान्छ।
प्रशोधित मासु
meat and spicy
ससेज, बकेन लगाएतका प्रशोधित मासु स्वास्थ्यको दृश्टीकोण बाट राम्रो मानिदैन। यी खानेकुरामा अत्याधिक नुन र रसायनहरु हुन्छन्। नयाँ अनुसन्धानहरुले यस्तो मासुहरु नियमित खानाले ४३% छिटै मृत्यु हुने सम्भावना बढाउछ। सोडियम नाइट्रोजन र धुवाँमा पकाइएका मासुमा पाइने कार्सिनोजिन राम्रो मानिदैन स्वास्थ्यको लागि।
आलु चिप्स
potato chips
एकैछिनको जिब्रोको स्वादको लागि खाइने आलु चिप्समा हुने चिल्लो अनि उच्च क्यालोरीको कारण शरिरको तौल बढ्ने गर्छ। सोडियम सहितको पदार्थको मिसावटले यसले क्यान्सर अनि मुटुको समस्या पनि निम्त्याउने गर्छ।
क्यान्सनबाट बच्ने नै सर्वोत्तम उपाय हो। जीवनयापनको शैली, खाएको खाना, अनि तानेको हावामानै क्यान्सरका कारणहरु हुन्छन। ‘घरको भन्दा बाहिरको खाना’ खाइने यो समयमा खानु अनि पिउनु अघि ध्यानदिन जरुरी छ।
source - http://www.nepaliheadlines.com/
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved