Home » » जापानले बनायो गफ गर्ने तकिया !

जापानले बनायो गफ गर्ने तकिया !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

japan pilloजापान । जापानले मानव आकारको तकिया विकास गरेको छ, त्यो पनि बोल्ने ! सन्दै अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन ।
आफूलाई मन पर्ने साथीको जस्तै आवज निस्कन सक्ने तकिया जसबाट कुरा कानी गर्न सकिनछ त्यस्तो फोनको बिकास जापानमा गरिएको छ ।
आफूबाट टाढा भएका हरुसँगको निकटताकोलागि भन्दै जापानमा मानिसको छाला जस्तै बस्तुको प्रयोग गरेर यस्तो प्रविधिको फोनको बिकास गरिएको हो । हुगभी नाम गरिएको उक्त तकिया मानव आकृति जस्तो छ । जसको नाक, आखा तथा ओठ छ भने साना हात जस्तो लाग्ने भूत आकृतिको रोवोर्टलाई बाहिरबाट कपडाले बेरिएको छ ।
हुगभीमा फोन गर्न इच्छा भए सँगै आफ्नो फोन राख्न मिल्ने बनाइएको छ जसले आफ्नो साथी भाई वा परिवारका सदस्य सँग गफ गरेझै हुने निर्माताहरुको दावी छ ।
कोयोदोमा रहेको दुरसञ्चार अनुसन्धान केन्द्रले मानिसहरुलाई जतिसक्दो नजिक रहेको अनुभूति दिनकोलागि दुई संवेदनशिल बस्तुको बिकास गरेको जनाएको छ ।उनीहरुका अनुसार सुन्ने र छुने दुई संवेदनसिलता बिकास गरिएको छ ।
उनीहरुले विद्युतिय तथा बैज्ञानिक उपकरणको मानवीय संवेदना माथिको अध्ययनमा समेत उक्त फोन तकिया प्रयोग हुने जनाएका छन् ।
- See more at: http://www.nepalsandesh.com/2015/06/07/136395.html#sthash.9DI240MH.dpuf
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved