Home » » दिल कसरी टुट्छ?

दिल कसरी टुट्छ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भनिन्छ श्रीमान र श्रीमती भएपछि २ जनाको मन मुटु मिलेको हुन्छ ।
heart
एक मुटु दुख्दा अर्कोको मुटुमा पनि दुख्छ भन्ने कुरा सुनिएकै हो । यसैको एउटा उदाहरण बनेको छ क्याफोर्नियामा एक दम्पती श्रीमानको मृत्यु भएको एक घण्टामै श्रीमतीको पनि मृत्यु भएको घटना । त्यस्तै अर्को घटनामा श्रीमानको मृत्यु भएको ७ दिनमै श्रीमतीको पनि मृत्यु भयो । यी घटनाहरुलाई दिल अथवा मुटुसंग  नै जोडेर हेरिएको हुन्छ ।
के दिल टुटेको परिणाम मृत्यु हो त ? सोच्न बाध्य बनाउछ ।
बिट्रेनका अनुसन्धानकर्ताहरुले यो प्रश्नको उत्तर दिन खोजेका छन् । जेएएमए इंटरमेडिसिन पत्रिकामा प्रकाशित अनुसन्धानको अनुसार यस्ता घटनाहरु कहिलेकाँही हुन्छन् । आफन्तको मृत्युपछिको असर सिधै दिलमा पर्ने गर्दछ । र उनिहरुका आफन्तको मृत्यु हुदा दिल अथवा मुटुमा धक्का लाग्ने भइ गम्भीर बिरामी पर्ने र मृत्यु हुन सक्ने हुन्छ । आफनो मान्छे हराएको अथवा मृत्यु भएको एक महिनाभित्रमा हर्ट अट्याक हुने खतरा दुई गुना बढेर जान्छ
दिल टुटेको लक्षण के हुन्छ ?
ब्रिटिस हार्ट फाउण्डेसनका अनुसार  यो एक स्थायी स्थिति हो जसमा तपाइको दिलको एक मांशापेशी अचानक कमजोर हुन्छ दिलको बायातिरको आकार पनि बदलिने गर्दछ । 
अर्को एक अनुसन्धानका अनुसार अली फरक छ । यसमा दिलको काम बन्द गर्न एक धमनी बन्द हुन्छ र रक्तसञ्चार पनि बन्द हुन्छ अनि रगत जमेर मानिसको मृत्यु हुने गर्दछ । अनुसन्धानका अनुसार अधिकांश ब्यक्तिको धमनी सामान्य हुन्छ र रगत सहि तरिकाले सञ्चार हुने गर्दछ । कयौ मानिस दबाब बाट मुक्त भए भने दिल अथवा मुटुको आकार सहि ठाउँमा आउने गर्दछ । तर मानिसको उमेर बढ्यो भने मुटुको रोग पनि लाग्ने गरेको अनुसन्धानले देखाएको छ ।
- http://www.nepaliheadlines.com/2014-08-15-09-43-35/
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved