भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । यदि तपाई हवाई यात्रा गर्दै हुनुहुन्छ भने उडान तथा एयरपोर्ट वारे जानकारी लिन जरुरी छ । कहाँको बिमानस्थल कस्तो र कति सुरक्षित छन् भन्ने जानेमा अवतरणका क्रममा लाग्ने डरमा तपाई पहिल्यै तयार हुन सक्नुहुने छ ।अवतरणका लागि डरमर्दा यस्ता एयरपोर्टमा ट्रान्जिट समेत यात्रुले रोक्ने गरेका छन् । कतिले त डरका कारण उक्त स्थानका एयरपोर्ट नजान सल्लाह दिने गरेका छन् । कुन कुन हुन् त विश्वका चर्चित डरलाग्दा विमानस्थलहरु ः
१.स्भालवोर्ड एयरपोर्ट : नर्वे अधिकांश समय हिउँ तथा वरफले ढाकिने यस एयरपोर्ट विश्वकै सबैभन्दा डरलाग्दो बिमानस्थलमा पर्दछ । धावन मार्ग अत्यन्त चिप्लो भएको उक्त एयरपोर्ट को अर्को पक्ष भनेको वारम्वार भइरहने मौसम परिवर्तन हो ।
२. गिव्राल्टार एयरपोर्ट : वेलायत विश्वको दोस्रो डरलाग्दो विमानस्थल वेलायतको गिव्राल्टार हो जुन वेलायतमा अवस्थित रहेको छ । दोस्रो विश्वयुद्धको समयमा निर्माण गरिएको उक्त विमान स्थल अत्यन्त सानो धावन मार्ग भएका कारण खतरनाक मानिन्छ ।
विमान चालकको सानो गल्तीमा मात्र पनि विमान धावनमार्गवाट वाहिर जान सक्छ । अत्यन्त सानो धावन मार्ग कुनै सडक जत्रो मात्र रहेको छ । मोराक्को र स्पनेको बिचमा पर्ने ब्रिटिस भूमिमा रहेको उक्त एयरपोर्ट विश्वयुद्धताका राजपरिवार तथा सैन्य विमान अवतरण गर्ने गरिन्थ्यो ।
३.जूवान्चोई यारुस्कुइन : साबा, नेदरल्याण्ड १३०० फिट मात्र धावन मार्ग भएको विश्वको सवैभन्दा सानो व्यापारिक एयरपोर्ट हो जुवान्चोई विमानस्थल । सावा क्षेत्रको एक मात्र विमानस्थल भएको कारण यसको महत्वपूण भूमिका रहने गरेको छ ।
समुन्द्रको डिल सम्म धावन मार्ग रहेको उक्त बिमानस्थलमा चालको सानो गल्तििमा मात्र पनि विमान समुन्द्रमा पुग्दछ । साना विमान तथा हेलिकप्टर मात्र अवतरण गर्न सकिने जुवान्चोई विमानस्थल अवतरणका वेला देखिने डर लाग्दो दृश्यले जो कोहि पनि आखाँ नचिम्लि वस्न सक्दैन ।
४.चोर्चभेल अन्तराष्ट्रिय विमानस्थलः फ्रान्स पहाडी क्षेत्रमा अवस्थित चोर्चभेल विमानस्थल १७०० फूट धावनमार्ग रहेको छ । रिसोर्टका रुपमा समेत चर्चित रहेको बिमानस्थलमा अवतरणको क्रमकमा कुनै चालकले कमजोरी गरेका विमानको अवस्था नाजुक हुन्छ । उवड खावड अवस्थामा रहेका उक्त बिमानस्थल उडानको समयमा पहाडको गहिराई तर्फ वाट हुने गर्दछ भने अवतरण माथिवाट हुन्छ ।
५.प्रिन्सेस जूलिना अन्तराष्ट्रिय विमानस्थलः सेन्टमार्टिन समुन्द्री किनारमा रहेको पर्यटकीय क्षेत्रसँगै रहेको जूलिना विमानस्थल समुन्द्र किनारमा रमाइरहेका पर्यटक संग ठोकिएला जस्तै गरी अवतरण हुने गर्दछ । कयौं मानिसहरु समुन्द्री किनारावाट विमान अवतरण हुने वेलामा भाग्ने गरेका समेत छन् । एयरपोर्ट संगै सडक समेत रहेका कारण विमान अवतरणका समयमा सडक सञ्चालन अवरुद्ध हुने गरेको छ । कयौ पटक छ विमान वाट सिर्जना गरेको हावाका कारण ट्रक तथा मानिसहरु प्रभावित हुने गरेका छन् ।
६.लुक्ला एयरपोर्ट : नेपालको लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थलमा पर्दछ । विश्वका विभिन्न अध्ययन तथा अनुसन्धान संस्थाको प्रतिवेदन अनुसार लुक्ला खतरनाक विमानस्थल हो । हिमालयको काखमा रहेको लुक्ला पुग्न डरलाग्दा पहाडी खोचहरु पार गर्दै अगाडी वढ्नु पर्ने हुन्छ । २००० फूटको धावनमागृ रहको लुक्लामा चल्ने हावा तथा परिवर्तन भइरहने मोसम अर्को जटिलता हो ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1yKiTW1
and posted via IFTTT
Loading...
