Home » , , , , , , , , , , » कपिलले भने- म फेरि कार्यक्रम लिएर काठमाण्डौं आउँछु

कपिलले भने- म फेरि कार्यक्रम लिएर काठमाण्डौं आउँछु

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




'नेपाल पनि घर जस्तै लाग्छ'

२७ मंसिर, काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्माले शनिबार काठमाडौंमा हुने तय भएको आफ्नो कार्यक्रम रद्द भएकोमा दुःख व्यक्त गरेका छन् ।कार्यक्रमको निर्धारित तालिकाअनुसार आफ्ना टीमका सदस्यसहित आज बिहान काठमाण्डौ आइपुगेका कपिलले साँझ याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी नेपाली दर्शकहरुका लागि छिट्टै अर्को कार्यक्रम लिएर आउने बताए ।

‘धेरै मानिसहरुलाई भेट्ने यो उपयुक्त मौका थियो’ उनले भने-‘नेपाली दर्शकका लागि हामी छिट्टै केही गर्छौं।’

काठमाडौं आफ्नो मन पर्ने ठाउँ भएको भन्दै उनले यहाँ आउन मन पर्ने बताए ।सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने-‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ । तर, सुरक्षा पनि मुख्य कुरा हो । कार्यक्रम स्थलमा केही समस्या रहेछ । कार्यक्रम भएर त्यहाँ कुनै भागदौड भइदिएको भए नराम्रो हुन सक्थ्यो ।’

आफ्नो कमेडियन शैलीमा उनले भने-बडेबडे देशमे छोटे-छोटे बात होते रहेते हो ।’नेपाली दर्शकलाई हसाउन नपाए पनि आफुले पशुपतिनाथको दर्शन गरेर जाने कपिलले बताए ।कमेडी नाइट विथ कपिलमा दादीको भूमिका रहेका अली अस्गर र नोकरको भूमिका रहेका राजुलाई लिएर आएका थिए ।काठमाडौंमा कार्यक्रम हुने तय भएपछि र स्थगित भएपछि पनि आफूलाई ट्वीटरमा धेरै रेस्पोन्स आएको उनले बताए ।कपिलले सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए ।

अष्ट्रेलियामा छायांकन भएको कार्यक्रममा हिमाल आरोहणको कुरा भएपछि आफूले ‘मेरो त घरमै छ’ -मेरे घरमेही हे) भनेको उनले प्रष्ट पारे ।कसैको भावनामा चोट पुगेको भए आफुले माफी मागिसकेको भन्दै उनले कमेडियन शैलीमा भने-‘नेपाल पनि घर जस्तै लाग्छ । मेरो घर जान जान ३ घन्टा लाग्छ, नेपाल दुई घन्टामै आइपुगिन्छ।’जीवनमा कतिको रुनुहुन्छ भन्ने प्रश्नमा उनले धेरैपटक रोएको बताए । तर, पछिल्लो पटक कहिले रोएँ भन्ने याद नभएको जवाफ दिए ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1IMmdIk

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved