Home » , , , , , , , , , , » बिपि स्मृती अस्पताललाई सहयोग गर्छु : प्रधानमन्त्री कोइराला

बिपि स्मृती अस्पताललाई सहयोग गर्छु : प्रधानमन्त्री कोइराला

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

7th Anniversary of BP Smiriti Cooperative Hospital काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले बिपी स्मृति सामुदायिक सहकारी अस्पताललाई सहयोग गर्ने बताएका छन् । अस्पतालको साताँै वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अस्पतालले छोटो समयमा नै प्रगत गर्न सफल भएकाले यस्को विस्तरका लागि थप सहयोग गर्ने बताउका हुन् ।


उनले जनताले सहज ढंगले उपचार सेवा पाउनु पर्ने भएकालेअस्पतालले सेवाको दायरालाई विस्तार गर्नुपर्नेमा पनि जोड दिए । ‘अस्पतालको काम भनेको नै बिरामीलाई सेवा दिनु हो’ उनले भने, ‘त्यसकारण अब यो अस्पतालले धेरै धन्दा धेरै बिरामीको सेवा गर्नुपर्छ यस्का लागि सहयोग गर्न सरकार तयार छ ।’

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बिपीको नाउँबाट खोलिएको अस्पतालका बारेमा काँग्रेस पार्टीलाई नै थाहा छ कि छैन भन्ने प्रश्न गरे । उनले बिपी स्मृति अस्पतालका बारेमा पार्टीका सभासद्सँग कुरा गर्दा निःशुल्क उपचारको कुरा गर्ने गरेको प्रसङ्ग उल्लेख गरे ।

अर्का केन्द्रीय सदस्य डा शशांक कोइरालाले २०४८ सालताका नै बिपी स्वास्थ्य प्रतिष्ठान खोलेर गाउँगाउँमा स्वास्थ्य शिविर चलाएरसमेत स्वास्थ्य सेवा दिने सोचअनुरूप आज बिपी स्मृति अस्पताल अघि बढेको चर्चा गर्दै अस्पताल चलाउन पैसा चाहिने भए पनि हाम्रो शक्ति भनेको पैसा नभएर सामूहिक कार्य गर्ने तत्परता नै हो भभने ।

काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले गरिबले स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य सेवा विस्तार गनुपर्ने बताइन् ।

अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले बिपीको नाउँमा खोलिएको अस्पतालप्रति काँग्रेस पार्टी सत्तामा रहँदासमेत सहयोगमा उपेक्षा गरिएको बताउँदै काँग्रेस नेताहरूप्रति आक्रोश व्यक्त गरे ।

‘अस्पतालमा आउने कतिपय बिरामी म त बिपीसँग जेलमा बसेको हो मलाई त यो अस्पतालमा निःशुल्क उपचार होला भनेर मलाइ सोध्छन्, तर पार्टी सत्तामा हुँदा अरू नेताका नाउँमा खोलिएका अस्पताललाई धेरै र आफ्नो अस्पताललाई थोरै सहयोग गरेको देख्दा चित्त दुख्छ’, अध्यक्ष डा केसीले भने ।

विगत सात वर्ष अघि ३९ जना सेयर सदस्यबाट सुरु भएको सो अस्पतालमा अहिले ४०५ सेयर सदस्य पुगेका छन् । कार्यक्रममा अस्पतालमा कानुनी सेवा पु¥याउनुभएका मदन रेग्मीलाई रु १५ हजारको नगद पुरस्कारबाट प्रधानमन्त्री कोइरालाले सम्मान गरेका छन् । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1wMbLxd

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved