Home » , , , , , , , , , , » भारतले बनायो मानव झण्डाको किर्तिमान, गर्भमै तुहियो नेपाली सपना

भारतले बनायो मानव झण्डाको किर्तिमान, गर्भमै तुहियो नेपाली सपना

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




२१ मंसिर, काठमाडौं । नेपालले बनाएको सबैभन्दा ठूलो मानव भण्डाले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डबाट मान्यता नपाउँदै भारतले खोसेको छ ।गत भदौ ७ गते टुँडिखेलमा झण्डै ३५ हजार मानिस मिलेर नेपालको राष्ट्रिय झण्डा बनाएका थिए । तर, गिनिज बुक अफ दि वल्र्ड रेकर्डले यसलाई औपचारिक रुपमा विश्व कीर्तिमानको मान्यता नदिँदै भारतले कीर्तिमान बनाएको छ ।

मंसिर २१ गते आइतबार भारतको चेन्नइमा झण्डै ४४ हजार मानिस मिलेर बनाएको भारतको मानव झण्डालाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डले सबैभन्दा ठूलो मानव झण्डाको मान्यता दिएको छ ।‘मेरो झण्डा मेरो इण्डिया’ अभियान अन्तर्गत ५० हजार मानिस बाइएमसीए मैदानमा भेला भएर भारतको झण्डा बनाएका थिए। गिनिजले ४३ हजार ८३० जनाले भारतको मानव झण्डा बनाएको भन्दै सबैभन्दा ठूलो मानव झण्डाको प्रमाणपत्र शनिबार दिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार झण्डा बनाउने समारोहको प्रत्यक्ष अबलोकन गर्न गिनिज बुकका प्रतिनिधि समेत कार्यक्रममा उपस्थित थिए ।नेपालको मानव झण्डा निर्माण कार्यक्रममा भने गिनिज बुकका प्रतिनिधि उपस्थित थिएनन् । जसका कारण नेपाली मानवझण्डा निर्माणका अभियन्ताले भिडियो खिचेर बुझाएका थिए । भिडियोमार्फत् मान्छे गन्ने काम नसकिदै भारतले नेपालको सम्भावित किर्तिमान खोसिदिएको छ ।यसअघि गिनिज बुकमा सवैभन्दा ठूलो मानवझण्डाको किर्तिमान पाकिस्तानको नाममा थियो । औपचारिकरुपमा यो उपाधि पाकिस्तानबाट भारतमा सरेको छ ।










Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1yMjAD2

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved