भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जाडो मौषममा तोरीको साग सेवन गर्नु केवल स्वादिलो मात्र होइन स्वास्थ्यका दृष्टिले समेत निक्कै लाभदायक रहेको विशेषज्ञहरुले बताएका छन् ।तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।
जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।
१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।
२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।
३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।
४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ।
५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ ।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1Gxq1sM
and posted via IFTTT
Loading...
