Home » , » सेती अञ्चल अस्पतालमा आइसियु स्थापना गर्न सहयोग प्रदान

सेती अञ्चल अस्पतालमा आइसियु स्थापना गर्न सहयोग प्रदान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

धनगढी, २७ मङ्सिर । सेती अञ्चल अस्पताल धनगढीमा आइसियु (सघन उपचार कक्ष) सञ्चालनका लागि स्थानीय समाजसेवीले नगद सहयोग उपलब्ध गराउनुभएको छ ।


यहाँ जारी सुदूरपश्चिममा क्षेत्रीय औद्योगिक, पर्यटन, कृषि र व्यापार मेलाका क्रममा विभिन्न क्षेत्रका व्यक्तिबाट आइसियु कक्ष सञ्चालनका लागि सहयोग जुटिरहेको मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।


आइसियु कक्ष स्थापनाका लागि समाजसेवी राजबहादुर सिंहले रु एक लाख, भागेश्वर ग्रुपका सञ्चालक एवम् सङ्घका कोषाध्यक्ष शङ्कर बोगटीले रु एक लाख एक हजार १११ प्रदान गरेका छन् ।


यसैगरी बडिमालिका सप्लायर्सका पुष्प कुँवरबाट रु ५५ हजार ५५५, भारतको हल्व्दानीस्थित साई अस्पतालका डा मोहन सतीबाट रु ५० हजार, झपट बोहरा समूहबाट रु ५१ हजार सहयोग प्राप्त भएको छ ।


यस्तै धामी ढुवानी सेवाका दानसिं धामीले रु २१ हजार, दार्चुलाका कविरसिं ठगुन्नाबाट रु ७००, अशोक लि ल्यान्डबाट रु पाँच हजारको सहयोग प्राप्त भएको छ ।


नेपाल प्रेस युनियनका सेती अञ्चल संयोजक जगत साउदबाट रु छ हजार सहयोग प्राप्त भएको छ ।


मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले टिकट बिक्रीबापत प्रत्येक टिकटबाट रु दुई अञ्चल अस्पतालमा आइसियु स्थापनाका लागि छुट्याउने अभियान थालेसँगै अन्य व्यक्तिले पनि सहयोग गरिरहेका छन् ।


आइसियु स्थापनापछि गम्भीर अवस्थाका बिरामीको उपचारमा सहजता आउने चिकित्सकहरुले बताएका छन् ।


यता सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहले अस्पतालमा आइसियु स्थापनाका लागि आवश्यक जनशक्तिसहित करिब रु १३ करोड प्रस्ताव गरिएकामा सरकारबाट यस वर्ष रु एक करोड बजेटको अख्तियारी आएको जानकारी दिँदै आगामी वैशाख महिनाबाट आइसियु सञ्चालनको प्रयास गरिने बताए ।


विसं २०४० मा जिल्ला अस्पतालबाट अञ्चल अस्पताल बनेको सेती अञ्चल अस्पताल हाल सुदूरपश्चिमको प्रमुख अस्पतालका रुपमा रहेको छ ।


सरकारी र अस्पतालको आन्तरिक स्रोतसमेतबाट हाल १७० शय्या सञ्चालनमा रहेको सेती अञ्चल अस्पतालमा नाक, कान, मानसिक रोग, छाला रोगको उपचारका लागि विशेषज्ञ चिकित्सकको अझै पनि अभाव रहेको डा सिंहले बताए । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1xd9Npg

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved