Home » , » शिशु र आमाका लागि ‘जाउलो’ अभियान

शिशु र आमाका लागि ‘जाउलो’ अभियान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेनी (म्याग्दी), २७ मङ्सिर । नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था राम्रो बनाउने उद्देश्यका साथ म्याग्दीमा पौष्टिक आहार ‘जाउलो’ बनाउने अभियान सुरु गरिएको छ ।


जिल्लाका बेनी नगरपालिकाका १४ वटै वडा र ३५ वटा गाविसमा सो अभियान सुरु गरिएको हो ।


गैरसरकारी संस्था मिलन म्याग्दीद्वारा सञ्चालित एकीकृत पोषण कार्यक्रम (सुआहारा)ले म्याग्दीका गाउँगाउँमा पुगेर जाउलो बनाउने तरिका र यसले शिशु तथा सुत्केरी आमालाई पु¥याउने फाइदाका बारेमा समुदायलाई जानकारी गराउँदै ‘जाउलो’ अभियान सञ्चालन गरेको हो ।


शिशु र सुत्केरी आमाका लागि गाउँघरमै उपलब्ध सागपात, मासु, दूध र खाद्यान्नको जाउलो बनाई खुवाउने र खुवाउन उत्प्रेरित गर्ने उद्देश्यले जाउलो अभियान सञ्चालन गरिएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक तिलक शर्माले बताए ।


संयोजक शर्माका अनुसार उपलब्ध खाद्यान्न, पशुजन्य आहारा र सागपातलाई सही तरिकाले उपभोग गर्न नसक्दा धेरै बालबच्चा कुपोषणको सिकार बनेको अवस्था रहेकाले त्यसको न्यूनीकरणका लागि यो अभियान सञ्चालन गरिएको हो ।


अभियानको पहिलो चरणमा गर्भवती र दुई वर्षसम्मका बच्चाका आमा तथा परिवारका सदस्यलाई भेला गराई पौष्टिक आहार निर्माणसम्बन्धी परामर्श दिने गरिएको शर्माले जानकारी दिए ।


गर्भवती, सुत्केरी एवम् बच्चालाई दूध चुसाउने अवधिभर र छ महिना पुगिसकेका बच्चालाई पोषिलो खानेकुरा खुवाउन उत्प्रेरित गरिएको छ । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1BFTnXT

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved