Home » , » एनसेल भन्छ- पैसा फिर्ता लैजानुस, डाटा फिर्ता गर्नु पर्दैन

एनसेल भन्छ- पैसा फिर्ता लैजानुस, डाटा फिर्ता गर्नु पर्दैन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




यस्तो थियो पर्पलफेष्टको अन्तिम तयारी

२७ मंसिर, काठमाण्डौ । एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रमको टिकटका लागि डाटा खरिद गरेका ग्राहकले पैसा फिर्ता पाएपनि आफुले किनेको डाटा भने फिर्ता गर्नु नपर्ने भएको छ ।एनसेलले एक सूचना जारी गरी काठमाण्डौ र बनेपाका एनसेल सेन्टरबाट ग्राहकले पुस ३० गतेभित्र पैसा फिर्ता लिन सक्ने जनाएको छ ।एनसेलका संचारबिज्ञ मिलनमणि शर्माले अनलाइनखबरसँग भने-‘डाटा किन्दा लागेको पैसा फिर्ता दिन्छौं तर, ग्राहकले किनेको डाटा फिर्ता गर्नुपर्दैन ।’

एनसेलले भारतीय कमेडियन कपिल शर्मा र गायक सोनु निगमका साथमा नेपाली कलाकारको जमघट गराई आज दशरथ रंगशालामा पर्पलफेष्ट कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।तर, जिल्ला प्रशासन काठमाण्डौले अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगित गर्न आदेश दिएपछि एनसेलले गएरातीमात्रै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो ।

टिकटका लागि एनसेलको डाटा खरिद गरेका ग्राहकको मोबाइलमा आज बिहानै एसएमएस पठाएर कार्यक्रम रद्द भएकोे जानकारी गराइएको शर्माले जानकारी दिए ।कार्यक्रमका मुख्य आर्कर्षण कपिल शर्माले गएराती आफु भोली नेपाल आउन लागेको ट्वीट गरेपछि केही फ्यान अलमलमा परेका थिए । ‘हामीले बेलुकी ९ बजेतिरै कार्यक्रम रद्द भएकोबारे कपिलका म्यानेजरलाई जानकारी गराएका थियौं, तर, कपिलले म्यानेजरसँग सम्बाद नगरी ट्वीट गरेको जस्तो देखियो’ एनसेलका संचारबिज्ञ मिलनमणि शर्माले भने-‘कार्यक्रम रद्द भएकै हो, त्यसका कारण कन्फ्युज हुनुपर्दैन् ।’

कार्यक्रम रद्द हुँदा भएको आर्थिक क्षतिबारे अहिले नै केही भन्न नसकिने शर्माले बताए । ‘मुख्य कुरा हाम्रा ग्राहकले कपिल शर्मालाई भेट्ने र रमाउने अबसर पाउनुभएन, अन्तिम समयमा रद्द हुँदा राम्रो सन्देश गएन’ शर्माले भने- सवै तथ्याङ्क संकलनपछि मात्र आर्थिक क्षतिबारे भन्न सक्छौं ।’

यस्तो थियो अन्तिम तयारी

जिल्ला प्रशासनले शुक्रबार अबेरमात्र सुरक्षा दिन नसक्ने भन्दै कार्यक्रम रद्द गर्न भनेको थियो । त्यतिबेलासम्म रंगशालामा कार्यक्रमको तयारी अन्तिम चरणमा थियो । स्टेज बनाइसकिएको थियो भने लाइट फिट गरेर परिक्षण गरिदै थियो ।कपिलसँग भेटका लागि काठमाण्डौ बाहिरबाटसमेत प्रसंसकहरु काठमाण्डौ आइसकेका थिए ।

रंगशालामा प्रहरीले सुरक्षा दिइरहेको थियो । तर, कार्यक्रम स्थगित भएको खवर आएपछि राति २ बजेतिर फिट गरिएका लाइट निकाल्न थालियो भने स्टेज पनि भत्काउन थालियो ।कार्यक्रमको ब्यबस्थापन गरिरहेको लेमन मिडियाका प्रतिनिधि भन्दैथिए- लाइटकै लागि हामीले लाखौैं खर्च गरेका थियौं, कम्तीमा दिउँसोसम्म खवर गरिदिएकभएपनि यति ठूलो क्षति हुने थिएन् ।’


























Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1w1DpEv

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved