Home » , » पौने ४ लाख डलरमा बिक्यो एप्पल १ कम्प्युटर

पौने ४ लाख डलरमा बिक्यो एप्पल १ कम्प्युटर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




सन् १९७० को दशकमा बनेको एप्पलको पहिलो कम्प्युटर एप्पल वान पौने ४ लाख डलरमा लिलाब बिक्रि भएको छ ।एप्पलका सहसस्थापक इन्जिनियर स्टिभ वज्नियाकले आफ्नै हातले बनाएको एप्पल वान ३ लाख ६५ हजार अमेरिकी डलरमा बिक्रि भएको छ ।बेलायतको लण्डनमा रहेको क्रिस्टी अक्सन हाउसले लिलामीमा राखेको यो कम्प्युटर सन् १९७६ मा एप्पलका संस्थापक स्टिभ जब्सले आफैले ग्राहकलाई बिक्रि गरेका थिए । त्यतिबेला एप्पलको कारखाना क्यालिफोर्नियास्थित स्टिभ जब्सको घरको ग्यारेजमा थियो । एप्पल वान त्यतिबेला ६ सय ६६ दशमलब ६६ डलरमा बिक्रि भएको थियो ।

एप्पल वान कम्प्युटर निर्माण गर्न जब्सले आफ्नो भ्यान नै बेचेका थिए भने वज्नियाकले ५ सय डलरमा क्याल्कुलेटर बेचेका थिए ।स्क्रिस्टी अक्सन हाउसले लिलामीमा यो दुर्लभ कम्प्युटर ६ लाख डलर सम्ममा बिक्ने अनुमान गरेको भएपनि त्यसभन्दा निकै कम मूल्य परेको हो ।गएको अक्टोबरमा भएको लिामीमा एक अर्को एप्पल वान कम्प्युटर ९ लाख ५ हजार डलरमा बिक्रि भएको थियो ।एप्पलका एप्पल वान कम्प्युटर अहिलेसम्म केवल ५० वटा मात्र अस्तित्वमा रहेको अनुमान गरिएको छ ।







Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1yLCwSB

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved