भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं – आशो तपोवन र मृगेन्द्र सम्झना चिकित्सा गुठिले संयुक्त रुपमा तपोवनमा ध्यान केन्द्र मेडिटेसन पार्क स्थापना गरेका छन् । पार्कमा ध्यान गर्न शुरु भैसकेको छ । पार्कको स्थापनासँगै अब खुला आकाशमुनी सुन्दर बँगैचामा बसेर मनलाई एकाग्र गराई ध्यान गर्न सकिने भएको छ ।
ओशोको जन्मोत्सवको अवसर पारेर पार्कको तपोवनका आचार्य स्वामी आनन्द अरुण र गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेको उपस्थितीमा औपचारिक सञ्चालन गरिएको हो । पार्क स्थापनाका लागि गुठीले ५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । पार्क निर्माणका लागि १२ लाख खर्च भएको थियो । बाँकी रकम तपोवनले नै जुटाएको थियो ।
पार्कको उद्घाटनपछि डा. पाण्डेले स्वास्थ्यका लागि ध्यान अति आवश्यक रहेको बताए । ‘रोग निको पार्न मानिसको मन पनि शान्त हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सबैभन्दा उत्तम उपाय भनेको नै ध्यान हो ।’ उनले पार्कले मानिसहरुको धेरै रोग निवारणमा सहयोग पुर्याउने बताए ।
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1zG0nlm
Posted via IFTTT
