Home » , » म्याग्दी : जिल्लामै जटिल प्रसूति सेवा उपलब्ध, महिलालाई राहत

म्याग्दी : जिल्लामै जटिल प्रसूति सेवा उपलब्ध, महिलालाई राहत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बाबियाचौर (म्याग्दी), २९ असोज । जिल्ला अस्पताल बेनीमा आकस्मिक जटिल प्रसूति सेवा सञ्चालन भएपछि गर्भवती महिलालाई राहत मिलेको छ ।


जटिल किसिमको प्रसूति सेवाका लागि हजारौँ खर्च गरेर बागलुङ, पोखरा, राजधानी लगायतका ठाउँमा पुग्ने गरेका महिलालाई जिल्लाकै सरकारी अस्पतालमा निःशुल्क सुविधा प्राप्त हुन थालेपछि राहत मिलेको हो ।


जिल्ला स्वास्थ्य कार्यालयले निक साइमन इन्स्टिच्युटको सहयोगमा गत साउनको २२ गतेदेखि शल्यक्रियामार्फत जटिल किसिमको प्रसूति गराउने सेवा सुरु गरेको थियो ।

गर्भवती, सुत्केरी अवस्थाको सम्भावित जोखिम घट्नुका साथै सुविधाका लागि जिल्लाबाहिर जाँदा हुने समय र आर्थिक खर्च बचत भएको छ ।

जिल्ला अस्पतालबाट हालसम्म पाँचजनाले उक्त सुविधा लिइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार अस्पतालबाट अघिल्ला वर्षमा वार्षिक करिब ४०० जना गर्भवतीलाई जटिल प्रसूति सेवाका लागि सिफारिस गरिँदै आएको थियो । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1Cjv0vj

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved