भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
तर, हरिहरपुर ५ मा सशस्त्रको टोलीलाई रोकेपछि झण्डप भएको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए । झडपका क्रममा प्रहरीले हवाइ फायर र असुर ग्यास हानेको थियो ।
घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले प्रहरीको गोलीबाट जयनारायण पटेलको मृत्यु भएको बताएका छन् । तर, सुरक्षा अधिकारीहरुले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।घटनास्थलमा अहिले पनि तनाव छ । स्थानीयबासीले प्रहरीको दुई बटा गाडीमा आगो लगाएका छन् ।झडपका क्रममा स्थानीयबासीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दा ६/७ जना घाइते भएका छन् । उनीहरुमध्ये एकको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्थानीयबासीले सडक ममर्तको माग गर्दै प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेपछि स्थानीय प्रशासनले दुई बटा ट्रिपर पठाएको थियो । तर धेरै संख्यामा टि्रपरहरु लगेर तत्काल खाल्डाखुल्डी पुर्नु पर्ने र सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीयबासीको एक समूह प्रदर्शनमा उत्रिएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो ।
लगतै स्थानीयले इलाका प्रहरी कार्यालय सिम्रनगढमा ढुंगामुढा गरेका थिए । शनिबार फेरि तनाव बढेको खबर आएपछि थप मदतका लागि सीमा सुरक्षा कार्यालयबाट टोली गएको थियो ।
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1uUgdGZ
and posted via IFTTT
Loading...