भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२५ असोज, काठमाडौं । संघीय प्रदेशबारे लामो मौनतालाई चिर्दै नेपाली कांग्रेसले भावी संविधानमा ६ वा ७ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ । कांग्रेसको प्रस्तावमा तराईलाई तीनवटा प्रदेशमा विभाजन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संवैधानिक सम्वाद तथा सहमति समितिमा ६ वा ७ वटा प्रदेशबारे प्रस्ताव लैजाने निर्णय गरेको बैठकमा सहभागी एक सभासदले बताए ।
कांग्रेसले अघि सारेका प्रदेशहरुको नामाकरण जातीय वा भाषिक आधारमा नभई पूर्व, पश्चिम दिशामा आधारित छन् । अर्को वैकल्पिक प्रस्तावमा नदी र संस्कृतिसँग जोडिएका अञ्चलहरुको नाम अघि सारिएको छ।
कांग्रेसले अघि सारेको ६ प्रदेशको पहिलो प्रस्तावमा पूर्वी प्रदेश, पूर्वी तराई प्रदेश, राजधानी प्रदेश, पश्चिम तराई प्रदेश, पश्चिम प्रदेश र सुदुरपश्चिम प्रदेश छन् ।
त्यस्तै ७ प्रदेशसहितको दोस्रो वैकल्पिक प्रस्तावमा सगरमाथा प्रदेश, जनकपुर प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र खप्तड प्रदेश रहेका छन् ।
६ प्रदेशको पहिलो प्रस्ताव
कांग्रेसले अघि सारेको ६ प्रदेशको पहिलो प्रस्ताव यस्तो छ-
१. पूर्वी प्रदेश - मेची र कोशीका सबै जिल्ला । सगरमाथा अञ्चलका उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा ।
२. पूर्वी तराई प्रदेश - सप्तरीदेखि पर्सासम्मका तराईका जिल्लाहरु ।
३. राजधानी प्रदेश - जनकपुर अञ्चलका दोलखा, रामेछाप र सिन्धुली । वागमती अञ्चलका सबै जिल्लाहरु र नारायणीका मकवानपु र चितवन ।
४. पश्चिम तराई प्रदेश - नवलपरासीदेखि बर्दियासम्म तराईका जिल्लाहरु ।
५. पश्चिम प्रदेश- पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका पहाडी जिल्लाहरु ।
६. सुदुरपश्चिम प्रदेश- सेती र महाकाली अञ्चलका सबै जिल्लाहरु ।
सात प्रदेशको बैकल्पिक प्रस्ताव
कांग्रेसले सदरमुकामसहित अघि सारेको ७ प्रदेशको वैकल्पिक प्रस्ताव यस्तो छ-
१. सगरमाथा प्रदेश- (सदरमुकाम धनकुटा)
२. जनकपुर प्रदेश- (जनकपुर)
३. वाग्मती प्रदेश- (काठमाडौं)
४. गण्डकी प्रदेश- (पोखरा)
५. लम्बिनी प्रदेश- (दाङ)
६. कर्णाली प्रदेश- (सुर्खेत)
७. खप्तड प्रदेश- (दिपायल)
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1xBvf46
and posted via IFTTT
Loading...
