भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२६ असोज, काठमाडौं । विश्व विजेता जर्मनीले युरो कप छनोट फुटबलमा पोल्याण्डबाट स्तव्ध भएको छ ।
शनिबार राति भएको खेलमा पोल्याण्डले २–० को जित निकाल्दै इतिहास रचेको छ । जर्मनीमाथि पोल्याण्डको यो अहिलेसम्मकै पहिलो जित हो । यसअघि भएको १८ खेलमा पोल्याण्डले जितको स्वाद चाख्न पाएको थिएन भने १२ खेलमा पराजित भएको थियो ।
जर्मनीले २००७ अक्टोबरमा चेक रिपब्लिकसँग हारेपछि छनोट चरणमा पहिलो हार व्यहोरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोल्याण्डले ५१ औं मिनेटमा मिलिकको गोलमा खाता खोलेको थियो । ८८ औं मिनेटमा मिलाले गोल गर्दै पोल्याण्डको २–० को जित सुुनिश्चित गरे ।
जितपछि पोल्याण्ड ६ अंकका साथ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ भने ३ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ ।
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1suarMB
and posted via IFTTT
Loading...