भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं – लाइफब्वाई साबुनले विश्वव्यापी रुपमा सञ्चालन गरेको दैनिक पाँचपटक साबुन र पानीले हात धुने अभियान ‘स्कुल अफ फाइभ’ नेपालमा पनि सुरु गरेको छ । अभियान बालबालिकालक्षित गरी सञ्चालन गर्न लागिएको हो ।
अभियानका ब्राण्ड एम्बेस्डर अभिनेता राजेश हमालले आज काठमाडौंमा आयोजित समारोहबीच अभियानको उद्घाटन गरेका हुन् ।
आफ्नो विश्वव्यापी प्रतिबद्धताअनुरुप लाइफब्वाईले २ अर्बभन्दा बढी मानिसहरुलाई साबुन र पानीले हात धुने प्रक्रिया सिकाउने र सहभागी गराउँने लक्ष्य लिएको छ । अभियानको उद्घाटन गर्दै अभिनेता हमालले भने, ‘लाइफब्वाईले विश्वभरिका करोडौं मानिसलाई स्वस्थ हुन मद्दत गरेको छ । स्कुल अफ फाइभ बच्चाहरुको स्वास्थ्य सुधार गर्न लक्षित भएकाले अभियानको ब्राण्ड एम्बेस्डर बन्दा मलाई निकै खुशी लागेको छ ।’
अभियानअन्तर्गत बालबालिकालाई दैनिक तीन पटक खाना खानुअघि, चर्पी गएर आएपछि एकपटक र अर्को एकपटक नुहाउँदा हात धुने सन्देश दिइनेछ । साबुन पानीले हात धुँदा किटाणु मर्ने तथा हुन सक्ने संक्रमणमा कमी आउँने दाबी अभियानकर्ताको छ । हात नधुँदा झाडापखालालगायतका रोग लाग्ने सम्भावना हुन्छ । विश्वका ५ वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको प्रमुख कारण झाडापखाला रहेको छ ।
कार्यक्रममा राष्ट्रिय सुचना तथा संचार केन्द्रका प्रमूख विनोदविन्दु शर्माले हात राम्रोसंग धुँदा सर्ने रोग निकै कम हुने र बाल मृत्यदरमा कमी आउने पनि बताए ।
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1wy5xMu
Posted via IFTTT