Home » , » जनकवि केशरी धर्मराज थापाको निधन

जनकवि केशरी धर्मराज थापाको निधन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस




के आइ सिंहको विद्रोहदेखि सारंगीको अन्तराष्ट्रियकरणसम्म

२८ असोज, काठमाडौ । जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि उनको शव मंगलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।बिक्रम संवत १९८१ साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाका थुप्रै गीत चर्चित छन् । हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता गीत गाएका थिए ।

उनका प्राय गीतमा गाउँको जनजीबन भेटिन्थ्यो । गाउँ ठाउँका शब्दहरु बटुल्दै उखान टुक्का जोडेर गीत बनाउन सिपालु थापा गाउँका स्रोताका विचमा चर्चित थिए तत्कालिन समयमा । जनताका गायकका रुपमा लोकप्रिय हुँदै गएका थापालाई २०१३ सालमा राजा महेन्द्रले जनकवि केसरीको उपाधि दिएका थिए ।

सारंगीलाई संसार चिनाएका थिए

नेपालको मौलिक बाजा सारंगीलाई विश्वमा परिचित गराउने ब्यक्ति थापा नै हुन् । नेपाली लोक संगीत, लोक संस्कृति र लोकजीबनको अध्ययनमा जुटेका थापा गीत खोज्नकै लागि गाउँ गाउँ धाएनन् मात्रै लोकसंगीतको प्रचारमा समेत जुटे । गन्धर्व संस्कृतिलाई मुलुकभर चिनाउन पनि धापाको योगदान थियो ।

राजनीतिक आन्दोलन

जनकबि भनेर चिनिने थापा क्रान्तिकारी पनि थिए । तत्कालीन सामन्ती संस्कार विरुद्ध उनले आन्दोलन गरे वापत जेल समेत परे । २००८ सालमा कर्मचारीलाइ उक्साएर हडताल गरेको अभियोगमा गोरखापत्रको मुखिया पदको उनको जागीर खोसुवामा परेको थियो ।

उनि डाक्टर के आइ सिंहले गरेको बिद्रोहमा पनि सहभागी थिए । सिंहको बिद्रोहमा सरिक भएको अभियोगमा तत्कालिन सरकारले उनलाइ ३० दिन जेल हालेको थियो । जेलवाट छुटेपछि भारतको देहरादुन, आसाम, दार्जीलीङ, सिक्किम लगायतका ठाउँमा लोक गीत खोज्दै गाएका पनि थिए ।सोही क्रममा उनले कलकत्तामा रहेको एचएमभी कम्पनिमा धुरुधुरु नरोउ आमा, झमझम परेली, हाम्रो तेन्जिङ शेर्पाले लगायतका गीत गाएका थिए ।

सम्मान पुरस्कार

थापाको ‘मालती मंगले’ काब्यलाई मदन पुरस्कार गुठीले २०२५ सालको साहित्य तर्फको मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै ०५७ सालमा मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको थियो । इमेज लाइफटाइम लगायत उनले थुप्रै संघसंस्थाबाट पुरस्कार पाएका छन् भने १ सय भन्दा बढी गीत रेकर्ड गराएका छन् ।

लोक साहित्यसंग सम्बन्धित उनका २९ वटा कृति प्रकाशित छन् । थापाका गीत, कबिता, संस्मरण र लोक गीत लोकसंस्कृत संग सम्बन्धित थुप्रै लेख प्रकाशित छन् ।

सुन्नुहोस धर्मराज थापाका केही चर्चित गीतहरू-

हरियो डाँडामाथि हलो जोत्ने साथी…







Disclaimer: This news feed source from : ➥ http://ift.tt/1vpDYIy

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved