Home » , » युवतीलाई जबरजस्ती ट्‍याक्सीमा राखेपछि

युवतीलाई जबरजस्ती ट्‍याक्सीमा राखेपछि

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : राजधानी बस्दै आएकी धादिङकी सुशीला लामालाई १५ दिनदेखि एक युवकले पिछा गरिरहेका थिए। सुशीलालाई पनि त्यसको छनक थियो। तिनै युवकले मंगलबार अपराह्‍न डिल्लीबजार-ज्ञानेश्‍वर सडकमा सुशीलालाई देख्‍नेबित्तिकै झम्टे र ट्‍याक्सीमा राखे।




युवक थिए, काभ्रे मदनकुँडारीका सुमन लामा। उनले साथीहरू बौद्धका हरि विश्‍वकर्मा र सिन्धुलीका ज्ञान लामाको सहयोगमा सुशीलालाई ट्‍याक्सीमा राखेका थिए। काभ्रेतर्फ लैजाने योजनामा रहेका सुमन हनुमानस्थानमा पक्राउ परे। सुरक्षाजाँचमा खटिएका प्रहरीले 'बचाउ बचाउ' भन्दै चिच्याएको आवाज ट्‍‍याक्सीभित्रबाट आएको सुनेपछि रोकेर सुशीलाको उद्धार गरेका थिए। सुशीलाले आफूलाई अपहरण गरिएको बताएपछि त्यहाँ जम्मा भएका सर्वसाधरणले सुमनलाई अस्पतालमै भर्ना हुनेगरी कुटपिट गरेका छन्।



बा१ज २२६२ नम्बरको ट्‍याक्सीबाट उद्धार गरिएकी सुशीलाले प्रहरीलाई ट्‍याक्सीमा रहेका सुमनसहित तीनजनालाई नचिनेको बयान दिएकी छन्। आफू बस्ने कोठानजिकै सुमनको दिदीको पसल रहेकाले देखादेखसम्म भएको तर कुनै सम्बन्ध नभएको दाबी उनको छ।महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रमुख डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेका हरि र ज्ञानले सुमनले सुशीलालाई मन पराएका कारण ट्‍याक्सीमा राखिएको हो। हिरासतमा राखिएका उनीहरूले सुमन साथी भएकाले सुशीलालाई ट्‍याक्सीमा राख्‍न सहयोग गरेको बयान दिएका छन्।



कुटपिटबाट घाइते सुमनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको छ। 'मुख्य अभियुक्त सुमन अस्पतालमा उपचारका क्रममा रहेकाले सही कुरा अनुसन्धानपछि मात्रै पत्ता लाग्छ', बोगटीले भने। प्रहरीले ट्‍याक्सी चालक लालजंग लामालाई समेत पक्राउ गरेको छ।annapurnapost



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1otF5nt

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved