भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वैवाहिक जिवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी ।
लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जिवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ । कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।
जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन् । सर्भेक्षणमा सहभागि ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकारे । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ की भनेर निकै डराउने गरेको जवाफ दिए ।
परपुरुषसँग के को माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ ? भन्ने प्रश्नमा ३१.५ प्रतिशतले अफिसमै भेटेर रतिक्रिडा गर्ने गरेको बताए । २४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भु पु ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् ।
परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमान सँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए ।त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८.५ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए भने १८.५ प्रतिशतले कुनै पश्चाताप नरहेको बताए । बाँकीले यसबारेमा आफुले केहीपनि नभन्ने बताए ।अनलाइन खबर
Source : feed update from Nepali Khabar Site http://ift.tt/Y3eL8F
via IFTTT
Loading...
