Home » , , » सुर्तीको विकल्पमा आयुर्वेदीक टोनिक

सुर्तीको विकल्पमा आयुर्वेदीक टोनिक

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सुर्ती, गुट्खा र पान मसलाको बिकल्प आयुवेर्दीक टोनिक बजारमा आएको छ । बोजो, तुलसी, धनियाँ, ज्वानुलगायत २२ जातीका जडीबुटी मिश्रित ‘निर्दोष’ खैनीको उत्पादन संजीवनी हर्वल फुड एण्ड बेभरेजले गरेको हो ।सुर्ती तथा सुर्तीजन्य वस्तुको विकल्पमा मानिएको ‘निर्दोष’ आयुर्वेदीक वैकल्पिक टोनिक मोरङको दुलारी–१ मा रहेको बेभरेजले उत्पादन गरी पूर्वका विभिन्न बजारमा बिक्री सुरु गरेको जानकारी दिएको छ । सुर्ती तथा सुर्तीजन्य पदार्थको लतमा परेका मानिसले यसलाई सुर्तीकै रुपमा मुखमा राख्दा त्यसको लत छुट्ने सञ्चालक हरेराम पौड्यालले जानकारी दिनुभयो ।



‘स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ, लत भएका वा नभएका जसले खाए पनि अन्य समस्या समेत हल हुन्छ’ निर्दोष वैकल्पिक आयुर्वेर्दीक टोनिकको बजार प्रवद्र्धन गर्दै विराटनगरमा आउनु भएका सञ्चालक पौड्यालले भन्नुभयो । पूर्वका बजारमा बिक्री सुरु गरिएको ‘निर्दोष’ को माग भारतका विभिन्न स्थानबाट हुन थालेको पौड्याललको दावी छ । चाँडै भारत निकासी गर्ने योजना बनाइएको बताउँदै पौड्यालले नेपालमा यसको खपत बढाउन सरकारसँग समेत माग गर्ने बताउनुभयो । ‘यसको उत्पादन हामीले ग¥यौं तर सरकारको लक्ष्य अनुसार धुम्रपान रहित समाजको परिकल्पनामा समेत हामी छौं, त्यही भएर सरकारको भरोसा सकारात्मक रुपमा लिएका हौं’ पौड्यालले भन्नुभयो ।




भर्खरै उत्पादन गरी बजारमा ल्याएको निर्दोषको माग पूर्वका बजारमा बढेको बताइएको छ । विराटनगरका विभिन्न स्थानमा प्रचारप्रसार केन्द्रीत कार्यक्रम गरी तीन दिनमा ५० हजार भन्दा बढीको बिक्री गरिएको पौड्यालले बताउनुभयो । धेरै सुर्ती तथा सुर्तीजन्य लत भएका व्यक्तिहरुले आफूसँग सम्पर्क बढाएको उहाँको दावी छ । घरेलु उत्पादन मानिने यस्ता जडिबुटीबाट खैनीको लत छुटाउने टोनिक उत्पादन गरेपछि स्थानीय २० जना युवाहरुले रोजगार समेत पाएका छन् ।







from Nepali Khabar Site http://ift.tt/1u1YkXj

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved