Home » , » कस्तो बानी भएका महिलालार्इ पुरूषहरू बढी मनपराउछन?

कस्तो बानी भएका महिलालार्इ पुरूषहरू बढी मनपराउछन?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

महिलाहरुलाई जस्तै पुरुषलाई पनि महिलाको धेरै बानीहरु मनपर्दैन तर महिलाहरुलाई यो कुराको बारेमा थाहा नै हुँदैन । हामी तपाईंलाई यिनै कुराहरुको जानकारी दिँदै छौँ ।


१. लामो नङः तपाईं सायद सोच्नुहुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्तविकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसकारण महिलाहरु लामो नङको साटो छोटो र आकर्षक नङ राख्नृुहोस् ।



२. धेरै परफ्युम लगाउनुः तपाईंलाई आफ्नो परफ्युमको बास्ना जतिसुकै मनपरेपनि तपाईंको पार्टनरलाई भने यसको हल्का बास्ना मनपर्ने गर्दछ । घरबाट निस्किसकेपछि पनि तपाईंको बास्ना रहिरहन्छ भने त्यो कुरा पुरुषहरुलाई रामो लाग्दैन ।



३. उग्रताः महिलाहरुको उग्र स्वभाव पुरुषहरुलाई मनपर्दैन । पुरुषहरुसँग सधैँ टासिइरहनु, उनीहरुबिना आफू केहि पनि नभएको जताइरहनुजस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।



४. मौन रहनुः तपाईं सोच्नु हुन्छ होला कि धेरै पटक मौन बस्दा पुरुषहरुलाई राम्रो लाग्न सक्छ जब कि वास्तवमा पुरुषहरुलाई सुझाव दिने र कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ । यदि तपाईंलाई कुनै विषयको बारेमा केहि कुरा थाहा छ भने पुरुषहरुको सामू बोलेर आफ्नो धारणा व्यक्त गर्नुहोस् ।



५. आफ्नो पुरानो प्रेमीको कथा सुनाउनुः तपाईंको पुरानो प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नुपर्ने हुन्छ ।



६. रुखो स्वभावः महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा, पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।



७.कुरा काट्नुः यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिलासँग खासखुस गरिरहेको देख्दछन् भने सायद तपाईं उनको नजर गिर्न सक्नुहुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।



८.उनलाई परिवर्तन गर्न कोसिस गर्नुः एक पुरुष सधैँ आफ्ना महिलाले उनलाई असल गुणसँगै अपनाओस् भन्ने चाहन्छ । यदि तपाईं कुनै पुरुषसँग घुम्ने निर्णय लिनु हुन्छ र पछि उनको व्यक्तित्व र रुप–रंगलाई परिवर्तन गर्ने कोसिस गर्नुहुन्छ भने उनीहरु स्वयंका लायक महसुस गर्दैनन् । त्यसकारण तपाईंले उनीहरुको अहंकारमा ठेस पुर्याउनुहुनेछ । यदि तपाईंलाई कुनै पुरुष मनपर्दैन भने उनीहरुलाई परिवर्तन गर्न तल्लिन हुनुको साटो अर्को मनपर्ने व्यक्ति खोज्नु नै राम्रो हुनेछ ।रातोपाटी



Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1opdJha

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved