Home » » चोपडाको बक्सर प्रशिक्षक राते काइँला (भिडियोसहित)

चोपडाको बक्सर प्रशिक्षक राते काइँला (भिडियोसहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


merycomकाठमाडौ, श्रावण ८ - राते काइँला भन्ने बित्तिकै खलनायक सुनिल थापालाई सम्झन्छौं । उनलाई नेपाली फिल्ममा बिशेषगरी खलनायकको भूमिका देख्दै आएका छौं । राते काइँलालाई नेपाली सिने संसारमा नचिन्ने  विरलै छन् । बलिउडमा समेत अभिनय गरिसकेका थापाको बलिउड यात्रामा भने सम्झना लायक अभिनय पाइएको छैन ।

नेपाली सिने जगतमा खलनायकी चर्चा पाएका  थापाद्वारा अभिनित बलिउडको फिल्म मेरीकोमको बुधबार ट्रेलर  सार्वजनिक गरिएको छ । उनको अभिनय बक्सिङ प्रशिक्षकका रुपमा प्रस्तुत गरिएको छ ।
बलिउडको चर्चित ब्यानर संजयलीलला भन्सालीको फिल्म 'मेरी कोममा' नायिका प्रियंका चेपडाको गुरुका रुपमा थापालाई देख्ने सकिन्छ ।  
उनको बलिउड यात्रा मेरीकोमबाट भने बलिउडमा राम्रै छाप छोडने अनुमान गर्न सकिन्छ ।  
भारतकी चर्चित बक्सर खेलाडी मेरीकोमको जीवनीमा आधारित बनाइएको फिल्ममा चोपडाको मुख्य भूमिका रहेको छ ।
करिब ३ मिनेट लामो मेरीकोमको ट्रेलरमा थापाको भूमिका शक्तिशाली देखाइएको छ । फिल्म सेप्टेम्बर ५ मा रिलिज हुनेछ ।  
nbsp;
- http://www.ekantipur.com/np/2071/4/8/full-story/392872.html

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved