भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बिरालोको आन्द्रामा हुने टी गोन्डी नामक एककोषीय परजिवीबाट तयार पारिएको खोपप्रति स्वस्थ प्रतिरोधीप्रणालीले तिब्र प्रतिक्रिया जनाएको छ जसरी रोगप्रतिरोधी प्रणालीले क्यान्सर कोषप्रति प्रतिक्रिया देखाउने गर्छ ।‘हामीले जैविक रुपमा त्यो परजिवी क्यान्सर विरुद्ध लड्ने प्रतिरोधी प्रणालीलाई कसरी सक्रिय बनाउन सक्षम हुन्छ भन्ने कुरा पत्ता लगाएका छौँ’, अमेरिकाको डार्टमाउथ कलेजको सुक्ष्म जिवविज्ञान तथा इम्युनोलोजी विभागका प्राध्यापक तथा शोधकर्ता डेभिड जिकले बताए ।टी गोन्डीको भ्याक्सिन सरीरमा दिइसकेपछि सरीरले प्राकृतिक किलर कोष तथा विषाक्त टी कोषहरु उत्पादन गर्छ ।
क्यान्सरले सरीरको प्रतिरक्षात्मक प्रणालीलाई बन्द गरिदिन्छ तर जब क्यान्सरयुक्त सरीरको वातावरणमा जब यो परजिवीको उपस्थिति हुन्छ तब सरीरको प्रतिरोधी क्षमता सक्रिय बन्छ ।क्यान्सर रोगीको सरीरमा जिउँदो परजिवीलाई सुइमार्फत दिनु सुरक्षित नभएकाले वैज्ञानिकहरुले यो परजिवीको कोषयु्क्त भ्याक्सिन तयार पारेका थिए ।
परजिवीको जैविक रासायनिक पद्धतिमा आधारित रहेर वैज्ञानिकहरुले त्यसको एक जिन हटाइदिए र त्यसलाई उत्परिवर्तित परिजिवीको रुपमा प्रयोगशालामै उत्पादन गर्न सफल भए जो मानिसमा वृद्धि विकाश गर्न सक्दैन । त्यसैले प्रयोगशालामा तयार गरिएको उत्परिवर्तित परजिवीबाट तयार पारिएको भ्याक्सिन सुरक्षित हुने र त्यसले मानव सरीरको प्रतिरोधीप्रणाली निस्कृय भएको बेलामा समेत सक्रिय पार्न सक्ने क्षमता हुन्छ ।
शोधकर्ता जिकले यो भ्याक्सिनलाई फिल्मको दमदार नायक सँग तुलना गर्दै भनेका छन, ‘चरम अवस्थामा क्यान्सर भनेको तिब्र गतिको रेलजस्तै हुन्छ । तर यो परजिवीयुक्त सिपिएस भ्याक्सिन सुक्ष्म हुनुको बाबजुत निकै शक्तिशाली छ, गुडिरहेको रेललाई च्वाप्पै छोप्ने, गुड्नै नदिने र बिलाउने गरी कच्याककुचुक पारेजस्तै ।’#onlinekhabar
from Nepali Khabar Site http://ift.tt/1rgQaG2
via IFTTT
Loading...
