Home » , , » बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत

बालकको मुखबाट निकालियो २ सय ३२ वटा दाँत

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मानिसको मुखमा बढिमा ३२ वटा दाँत हुनुपर्ने हो । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २ सय ३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी नै छन् ।आशिक गावल नामका ती किशोरको मुम्बइकेा एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो । निकै पीडाबाट गुजि्ररहेका ती किशोर सुन्निएका गिँजा लिएर गाउँबाट मुम्बइमा आएर अस्पतालमा भर्ना भएका थिए ।


कम्प्लेक्स कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोगबाट ग्रसित ती बालकको सोमबार शल्यक्रिया गरिएको हो । डाक्टरहरुका अनुसार यो रोग एक प्रकारको क्यान्सरको अंकुरण जस्तै हो जहाँ एउटै गिजामा धेरै संख्यामा दाँतहरु पलाउँछन् ।डाक्टरहरुले शल्यक्रियाको बेला गिजा फुटाएर दाँत निकाल्दा मोति आकारका दाँतहरु एक पछि अर्को गर्दै बाहिर देखिएका थिए ।



अस्पतालका डाक्टरहरुले मानिसको मुखबाट यतिधेरै संख्यामा दाँत निकालिएको यो विश्वकै पहिलो रेकर्ड भएको दाबी गरेका छन् ।अब छिटै उनका गिजाहरु निको हुने र बाँकी रहेका दाँतहरु प्नि कामलाग्ने अवस्थामा आउने डाक्टरहरुले बताएका छन् । तर विज्ञहरुले भने उनको गिजाबाट फेरि पनि असंख्य मात्रामा दाँत पलाउन नरोकिने खतरा रहेकेा बताएका छन् ।#onlinekhabar







from Nepali Khabar Site http://ift.tt/1x7qL3o

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved