Home » , , » राजेश खन्नाको घर महंगो मूल्यमा विक्री

राजेश खन्नाको घर महंगो मूल्यमा विक्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडका पहिलो सुपरस्टार अभिनेता स्वर्गीय राजेश खन्ना ‘काका’को कार्टर रोडस्थित घर ‘वरदान आशीर्वाद’ महंगो मूल्यमा विक्री भएको छ । खन्नाको दोस्रो पुण्यतिथी भन्दा केही दिन अघि घर विक्री भएको समाचारमा जनाइएको छ । घर किन्नेको पहिचान नखुले पनि उक्त घर करिब ९५ करोड रुपैंयाँमा विक्री गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।



तर रियल स्टेट सूत्रले उक्त मूल्य निकै कम भएको जनाएको छ । सूत्रका अनुसार भूतहा र क्षेत्रफल कम भएकोले उक्त घरको मूल्य उच्च छैन । कोही सेठ्ठी थरका व्यक्तिले खन्नाको घर किनेको बुझिएको छ । राजेशको निधन पश्चात उक्त घरको स्वामित्व छोरी ट्वीन्कल र रिंकीको भागमा परेको थियो । लामो समयसम्म खन्नासँगै बसेकी अनिता आडवाणीले पनि उक्त घरसहितको सम्पत्तिमा हकदाबी गर्दै आएकी थिईन् । राजेशले यो घर आफ्नो समयका चर्चित अभिनेता राजेन्द्र कुमारसँग ३ दशमलब ५ लाखमा खरिद गरेका थिए ।



राजेशले घर किन्दा घरको नाम डिम्पल थियो । राजेश घरको नाम बदल्ने पक्षमा नरहे पनि राजेन्द्रको अनुरोधमा उनले बंगलाको नाम वरदान आशीर्वाद राखेका थिए । दुई छोरीले उक्त घरलाई संग्राहलयको रुपमा राख्ने सोच बनाए पनि केही प्राविधिक कारणले त्यो पुरा हुन सकेको थिएन् ।#glamournepal











from Nepali Khabar Site http://ift.tt/1pQBEnx

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved