Home » » त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहारपछि आगजनी, स्थिति तनावपूर्ण

त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहारपछि आगजनी, स्थिति तनावपूर्ण

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण ४ । नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीले अनेरास्ववियू समर्थक विद्यार्थीलाई खुकुरी हानेपछि घण्टाघर स्थित त्रिचन्द्र बहुमुखि क्याम्पस तनावग्रस्त भएको छ ।
खुकुरी प्रहार पछि आक्रोशित अनेरास्ववियू समर्थक विद्यार्थीहरुले क्याम्पसको पुस्तकालयमा आगो लगाएका छन् । पुस्तकालय पूर्णरुपमा जलेको त्यहाँ स्थित हाम्रा सहकर्मी गृष्मा राजभण्डारीले जनाएकी छिन् ।
विद्यार्थीहरुले आगो निभाउन आएको दमकललाई समेत केहीबेर रोकेका थिए । तर सुरक्षाकर्मीको सहयोगमा अहिले दमकल मार्फत आगो निभाउने काम भइरहेको छ । खुकुरी प्रहारबाट घाईतेहरुलाई मोडल अस्पताल लगिएको छ ।
यद्यपी कतिजना घाइते भए र उनीहरुको स्थिति के छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन् । भिडियोसहितको विस्तृत समाचारका लागि प्रतिक्षा गर्नुहोला ।
http://atozkhabarr.blogspot.co.il/2014/07/blog-post_20.html#.U8vCQOOSxOF
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved