भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इलिनोइसकी विवियन व्हिलर नामकी ती महिला विश्वमा सबैभन्दा लामो दाह्री भएकी महिला हुन् । उनको दाह्री ११ इन्च अर्थात् २७.९ सेन्टिमिटर लामो रहेको छ । उनले यही दाह्रीका कारण विश्व रेकर्ड समेत बनाएकी छिन् भने आफ्नो नाम गिनिज बुक वर्ल्ड रेकर्डमा समेत दर्ता गराएकी छिन् ।
व्हिलरका अनुसार उनको अनुहारमा एक वर्षको उमेरदेखी नै आउन थालेको थियो र ७ वर्षको हुँदा त उनका पिताले उनको अनुहारमा रहेको रौ हटाउन सेबिङ गरिदिएका थिए । उनका बाबुले आफ्नी छोरीको दाह्री भएको कुरा अरूले थाहा नपाउन् र जिस्काउन नपाउन् भन्दै दाह्री काट्न लगाएका हुन् ।
तर, व्हिलरले सन् १९९३ बाट आफ्नो दाह्री काट्न छाडिदिइन् । उनले ईश्वरले आफूलाई अन्य कसैसँग नहुने दाह्री उपहार स्वरूप दिएको भन्दै काट्न छाडेको बताएकी छिन् । उनी आफूले अब कहिल्यै दाह्री नकाट्ने बताउँछिन् । यसैले आफूलाई चिनाएको भन्दै अब दाह्री नकाट्ने बताएकी हुन् । by nepaliheadlines
Loading...
