भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
२७ मंसिर, काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्कमल दाहालले आफूलाई कांग्रेस-एमालेले नभएर कांग्रेस-एमालेलाई आफूले खेलाएको बताएका छन्। दाहाल निवासमा शुक्रबार बिहान पुगेका जनजाति नेताहरू पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, ओम गुरुङ, सुरेश आलेमगरलगायतसँगको भेटवार्तामा उनले संविधान निर्माणका क्रममा आफूले जातीय पहिचान कुनै हालतमा नछोड्ने स्पष्ट पार्दै अहिले कांग्रेस-एमालेलाई आफूले खेलाएको बताए।
सत्तारूढ दलका शीर्ष नेताहरू संविधान निर्माणका विषयमा निकट रहेको समयमा फेरि दाहालले जातीय राज्यकै आश्वासन जनजाति नेताहरूलाई दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेस-एमाले २०४७ सालको संविधान ब्युँत्याउने खेलमा लागेका हुन सक्छन्। एमाओवादी र त्यसको अध्यक्ष २०४७ त परै जाओस्, अन्तरिम संविधान २०६३ अनुसार पनि नयाँ संविधान बनाउने पक्षमा छैनन्। त्यसैले मलाई कांग्रेस-एमालेले होइन, मैले कांग्रेस-एमालेलाई खेलाउँदैछु।’
दाहालले जातीय पहिचानका आधारमा संघीय प्रदेश निर्माण, समावेशी र समानुपातिक आधारको प्रतिनिधित्व एमाओवादीकै बटमलाइन भएको आश्वासन जनजाति नेताहरूलाई दिएका थिए। दाहालले उनीहरूसामु आफू लोकतान्त्रिक आन्दोलन र १० वर्षे जनयुद्धको मर्मको प्रतिनिधित्व गर्न पछि नपर्ने प्रतिबद्धता जनाए।
जनजातिका नेताहरूले २०४७ को संविधान ब्युँताउने, हिन्दु धर्म ल्याउने, राजतन्त्र फर्काउनेजस्ता विषयमा कांग्रेस-एमाले लागेको प्रचार सार्वजनिक भइरहेकाले एमाओवादीले त्यसमा साथ दिन नहुने धारणा दाहालसँग राखे। उनीहरूले जातीय आधारमा प्रदेश निर्माण र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिए।
Disclaimer: This news feed source from : ताजा खबर http://ift.tt/1BsWcbX
and posted via IFTTT
Loading...
