Home » , » क्यान्सरपीडित महिलाको बलिदानप्रति चीनमा विवाद

क्यान्सरपीडित महिलाको बलिदानप्रति चीनमा विवाद

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेइजिङ- आफ्नो गर्भमा रहेको शिशुलाई जोगाउन एक क्यान्सरपीडित महिला टेलिभिजन प्रस्तोताले रोगविरुद्ध उपचार ‘केमोथेरापी’ गर्न अस्वीकार गरी मृत्युवरण गरेको घटनाप्रति चीनमा इन्टरनेटमा शुक्रबार विवाद आरम्भ भएको छ ।


छब्बीस वर्षीया की युआनयुआनको शिशुको जन्म दिएको १०० दिनमा बुधबार मृत्युभएको छ । चिनियाँ संस्कृतिमा यो दिन निकै शुभ मानिन्छ । चीनको ट्विटर जस्तै सामाजिक सञ्जाल सिना वेइबोमा शुक्रबार उक्त समाचारलाई एक करोडभन्दा बढी व्यक्तिले पढे । धेरैले उनले आफ्नो जीवन बलिदान गरेकोप्रति नै प्रश्न गरे ।


एक पाठकले आमाको माया महान भएपनि जीवन बलिदान गर्ने कुरा राम्रो नभएको उल्लेख गरे ।


यी पाठकले यदि एउटा बालकले उसको प्राकृतिक आमाबाट स्याहार तथा माया नपाउने हो भने त्यो सुन्दर कुरा हुननसक्ने बताए ।


हेनान प्रान्तकी की गर्भवती भएको मार्च महिनामा भनिएको पिपुल्स डेली समाचारपत्रको वेबसाइटमा उल्लेख गरिएको छ ।


पछि उनमा अन्तिम चरणमा पुगेको क्यान्सर भएको फेला परेपछि उनको आशा पीडामा परिवर्तन भएको उक्त वेबसाइटमा उल्लेख गरिएको छ ।


कीले गर्भमा रहेको शिशुलाई हानि हुन नदिन उपचार नलिने निर्णय गरेको र उक्त क्यान्सर निकै छिटो फैलिएको बताइएको छ ।


यसपछि उनको स्वास्थ्य निकै बिग्रिएको थियो र उनलाई सेप्टेम्बर महिनामा अस्पताल भर्ना गरिएको थियो । यसपछि उनले नियाननियान नाम गरेका शिशुलाई जन्म दिइन् ।


यी बालकका परिवार ऊ जन्मेको १०० औँ दिन मनाउँदै गरेको समयमा कीको मृत्युभयो ।


एक पाठकले त यी महिला हृदयहीन भएको समेत आरोप लगाए ।


धेरै पाठकले भने यी महिलाको अवस्थाप्रति समवेदना नै प्रकट गरे ।


एक पाठकले केमियोथेरापीले पनि उनको क्यान्सर निको पार्ननसक्ने भएकाले उनले विवेकपूर्ण निर्णय गरेको बताएका छन् ।


अर्का पाठकले लेखेका छन् ः ‘आमाको मायाँ महान हुन्छ ।’ रासस/एएफपी






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1vZtTBR

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved