Home » , » तोकिएभन्दा बढी यात्रु बोक्ने ड्राइभरको लाइसेन्स ठाउँको ठाउँ खारेज !!

तोकिएभन्दा बढी यात्रु बोक्ने ड्राइभरको लाइसेन्स ठाउँको ठाउँ खारेज !!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तोकिएभन्दा बढी यात्रु बोक्ने ड्राइभरको लाइसेन्स ठाउँको ठाउँ खारेज



सवारी दुर्घटनाको संख्या बढ्न थालेपछि सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा कडाइ गर्ने गरी नयाँ नियमावली ल्याएको छ । नयाँ नियमावली अनुसार अब गाडी चलाउने ‘ड्राइभर’ बन्नका लागि शिक्षाको हदबन्दीसमेत तोकिएको छ ।



मन्त्रिपरिषदबाट पारित सवारी चालक अनुमतिपत्र नियमावलीमा १० कक्षा पास भएको व्यक्तिलाई मात्रै लाइसेन्स दिने उल्लेख छ ।



पारित नियमावलीअनुसार अब सवारी चालक अनुमतिपत्र पाउन २५ वर्ष पूरा भएको हुनुपर्नेछ । यसअघि २१ वर्ष उमेर पुगेकाले लाइसेन्स पाउने व्यवस्था थियो ।त्यस्तै ठूला र लामो रुटका गाडी चलाउने लाइसेन्स लिन साना गाडी चलाएको कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने यातायात व्यवस्था विभागका उच्च अधिकारीले बताए ।



नयाँ नियमअनुसार २५ वर्ष देखि ६४ वर्ष उमेर समूहका मान्छेले मात्र गाडी चलाउन पाउनेछन् । प्रत्येक पाँच वर्षमा नवीकरण हुने लाइसेन्स ५९ वर्षभन्दा माथिकाले नवीकरण गर्न पाउने छैनन् ।



नयाँ नियमावली अनुसार तोकिएभन्दा बढी यात्रु राखेर बस वा माइक्रोबस चलाएमा चालकको लाइसेन्स रद्द गरिनेछ ।त्यस्तै मालवाहक ट्रमा तोकिएभन्दा बढी सामान राखेको पाइएमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।



मादक पदार्थ सेवन गरेर वा अन्य लागु औषध सेवन गरेको पाइएमा चालकको लाइसेन्स रद्द हुनेछ । आफ्नो लाइसेन्स अर्कोलाई दिएको पाइएमा पनि रद्द हुने गरी नयाँ नियमावली बनाइएको छ ।



तोकिएको भन्दा बढी गतिमा सवारी चलाएमा वा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।नयाँ निमावलीमा यतिसम्म कडाइ गरिएको छ कि, तोकिएको समयममा यात्रुलाई गन्तव्य स्थल पुर्‍याउन ढिलाइ गरेमा पनि लाइसेन्स रद्द हुन सक्नेछ ।



सार्वजनिक सवारी साधनमा चाहिने ब्लु बुक, लाइसेन्स, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारी साधन सञ्चालन गरेमा पनि लाइसेन्स रद्द हुने नयाँ नियमावलीमा उल्लेख छ ।ऑनलाइन खबरनयाँ नियमावली अनुसार तोकिएभन्दा बढी यात्रु राखेर बस वा माइक्रोबस चलाएमा चालकको लाइसेन्स रद्द गरिनेछ ।त्यस्तै मालवाहक ट्रमा तोकिएभन्दा बढी सामान राखेको पाइएमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।



मादक पदार्थ सेवन गरेर वा अन्य लागु औषध सेवन गरेको पाइएमा चालकको लाइसेन्स रद्द हुनेछ । आफ्नो लाइसेन्स अर्कोलाई दिएको पाइएमा पनि रद्द हुने गरी नयाँ नियमावली बनाइएको छ ।



तोकिएको भन्दा बढी गतिमा सवारी चलाएमा वा सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा पनि चालकको लाइसेन्स रद्द हुनेछ ।नयाँ निमावलीमा यतिसम्म कडाइ गरिएको छ कि, तोकिएको समयममा यात्रुलाई गन्तव्य स्थल पुर्‍याउन ढिलाइ गरेमा पनि लाइसेन्स रद्द हुन सक्नेछ ।



सार्वजनिक सवारी साधनमा चाहिने ब्लु बुक, लाइसेन्स, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारी साधन सञ्चालन गरेमा पनि लाइसेन्स रद्द हुने नयाँ नियमावलीमा उल्लेख छ ।ऑनलाइन खबर



Disclamier: this news feed source from आजको पत्रिका ➲ http://ift.tt/1Bnvj9k

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved