Home » , » विश्वव्यापी स्वास्थ्य पहुँच दिवसमा माइतिघरमा कार्यक्रम

विश्वव्यापी स्वास्थ्य पहुँच दिवसमा माइतिघरमा कार्यक्रम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ- विश्वव्यापी स्वास्थ्य पहुँच दिवसको अवसरमा यहाँ आज माइतीघर मण्डलामा एक जनचेतनामुलक प्रदर्शन गरिएको छ । सो प्रदर्शन कार्यक्रममा सहभागीले ‘स्वास्थ्य नै जीवन हो’ र ‘स्वास्थ्य रहनका निम्ति सरसफाइमा ध्यान दिउँ’ लगायतका नारा लेखिएका प्ले कार्ड बोेकेका थिए ।


नेपाल जनस्वाथ्य सङ्घको अगुवाइमा बिहाज एक घण्टा गरिएको सो प्रदर्शनमा नागरिक समाज, विद्यार्थी, व्यवसायी, स्वास्थ्यकर्मी र समुदायको सहभागिता रहेको थियो ।


विश्व स्वास्थ्य सङ्गठनलगायतका सङ्घ-संस्था मिलेर विश्वव्यापी रुपमा पहिलोपटक ‘स्वास्थ्य सबैका लागिःस्वास्थ्यका कारण कोही गरिब हुन नपरोस्’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

सोही अवसरमा सङ्घका अध्यक्ष भोगेन्द्रराज डोटेलले सरकारले विशेषगरी ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्यको व्यवस्था गर्नुपर्ने बताए ।


मुलुकका विभिन्न स्थानमा दिनहुँजसो भइरहने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सङ्घले शनिबार जनचेतनामूलक पदयात्राकोसमेत आयोजना गर्ने भएको छ । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/12UJqqA

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved