Home » , » शीघ्रपतन शारीरिक रोग की मानसिक समस्या ?

शीघ्रपतन शारीरिक रोग की मानसिक समस्या ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

शीघ्रपतन शारीरिक रोग नभई मानसिक समस्या हो । स्खलित हुन १०–१५ मिनेट लाग्छ भन्ने गलत धारणा धेरैजसो पुरुषमा हुन्छ । छिटो शीघ्रपतन भएमा रोग लागेको भनेर चिन्तित हुन्छन् । शीघ्रपतन हुने व्यक्तिले स्खलन हुने समयपुर्व केहीवेर घर्षण रोक्नु पर्छ । उत्तेजना कम भैसकेपछि फेरी घर्षण शुरु गर्दा घर्षणको अबधि बढाउन सकिन्छ । यसवाट शीघ्रपतन रोक्न सकिन्छ ।

शीघ्रपतन पुरुषमा देखिने सबैभन्दा ठुलो यौन समस्या हो । शीघ्रपतन भनेको समयपुर्व नै स्खलित हुनु हो । विज्ञहरु यसलाई पुरुषको कामोत्तेजनाको इच्छा र सन्तुष्टिको दुरी भन्छन् । सम्भोगको दुई देखि तीन मिनेट भित्र विर्य स्खलित हुनुलाई शीघ्रपतन भन्न सकिँदैन । लिङ्ग उत्तेजना हुनासाथ वा साधारण घर्षण हुँदाहुँदै स्खलित भएर जानुलाई शीघ्रपतन भनिन्छ । यस्तो समस्या भएका व्यक्ति स्त्रिको नग्न शरीर देख्ने वित्तिकै वा स्त्रिलाई स्पर्श गर्ने वित्तिकै स्खलित हुन्छन् । खासगरी आत्मविश्वास नभएका व्यक्तिलाई शीघ्रपतन हुन्छ ।

शीघ्रपतन हुने पुरुषले विभिन्न उपायहरु अपनाएको पाइन्छ । कसैले लिङ्गमा उत्तेजना नियन्त्रण गर्नेखालका मलम लगाउने, औषधि सेवन गर्ने, रक्सि खाएर सम्भोग गर्ने गर्दछन् । कसैले सम्भोपूर्व हस्तमैथुन गर्ने गर्दछन् । तर यि सबै उपाय अपनाउनु एउटा गल्तिलाई सुधार्न अर्को गल्ति गर्नु मात्र हो । यस्ता विधिले शीघ्रपतन नियन्त्रण गर्न सकिँदैन । शीघ्रपतन हुने पुरुषले धैर्य र संयम गरी पहिला स्त्रिलाई नै उत्तेजित पार्नुपर्छ । यस्ता पुरुषले स्त्रिलाई उत्तेजित पार्न स्त्रिका कामोत्तेजनक अङ्गहरुको सहयोग लिनु पर्छ । स्त्रि उत्तेजित भैसकेपछि मात्र सम्भोग थाल्नुपर्छ । यसरी पनि शीघ्रपतन नरोकिएमा यौन रोग विशेषज्ञको सल्लाह लिनुपर्छ । यस्तो समस्यामा आफुखुसी औषधि सेवन गर्नु समाधान होइन ।

यी कारणले हुन्छ शीघ्रपतन

छिटोछिटो सम्भोग गर्न खोज्नु

तिव्र उत्तेजना

धेरै दिनसम्म सम्भोग नगरेको अवस्था

तरीकानै थाहा नपाई सम्भोग गरेमा

असुरक्षित स्थानमा सम्भोग गरेमा






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1wlYmdf

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved