भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चितवन - चितवनमा जारी मेडिको लिगल अपडेट सम्बन्धी दुई दिन कार्यशाला ५ बुंदे चितवन घोषणा पत्र जारी गर्दै शनिवार सकिएको छ ।
घोषणपत्रमा शवको पोष्टमार्टम गर्ने दक्ष जनशक्ति प्रयोग गर्न सरकारसँग माग गरिएको छ । यस्तै सरकारले भविष्यका दिनमा यस्ताका खालका कार्यशाला आयोजन गर्नुपर्ने, दक्ष मेडिको लिगल एक्सपोर्टलाई मात्र दरवन्दी काय गनुपर्ने लगायतका बुँदाहरु उल्लेख गरिएको आयोजक संस्था कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल भरतपुरको चिकित्सा विधि शास्त्र विभागका प्रमुख एनडी सुवेदीले जानकारी दिए ।
गोष्ठीमा चिकित्सकहरुले पोष्टमार्टम, घाउजाचं, बलत्कारबाट पिडित र बलत्कारी, मुत्यु प्रमाण जस्ता कार्यहरु महत्वपूर्ण हुँदाहँुदै पनि दक्ष जनशक्तिको अभावमा प्रया रिपोर्ट गलत हुने गरेको विषयमा छलफल भएको थियो ।
गोष्ठीमा अपराध अनुसन्धानमा चिकित्सकहरुको भूमिकाको विषयमा वरिष्ट प्रहरी उपरिक्षक रमेश खरेलले, उमेर पत्ता लगाउने र रिपोर्टे लेखन कार्यका बारेमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.शिवेन्द्र झाले पोष्ट मार्टस कसरी गर्ने भन्ने बारेमा त्रिभुवन शिक्षण अस्पतालका प्रोफेसर डा. तुलसी कडेंल र मेडिकल कानुनी प्रावधानका बारेमा डा एनडी सुवेदीले प्रशिक्षण दिएको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल भरतपुरका डा. अनमोल प्रधानले जानकारी दिएका छन् ।
दुई दिन सम्म चलेको गोष्ठीमा कसरी सहित तरिकाबाट पोष्टमार्टम गर्ने, उमेर निर्धारण गर्ने, मुत्यु प्रमाणपत्र, घाउ जाचं, र रिपोर्टे तयारका विषयमा चिकित्सकहरुलाई प्रशिक्षण गराईएको थियो । कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल भरतपुरको चिकित्सा विधि शास्त्र विभागको आयोजनामा नेपालमा नै पहिलो पटक चितवनमा मेडिको लिगल अपडेट सम्बन्धी दुई दिन कार्यशाला गरिएको थियो ।
गोष्ठीमा काठमाडौं, धरान, पोखरा, दाङ, चितवनसहितका देशभरिका ६० जना चिकित्सकहरु सहभागी भएका थिए ।
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1rN92KQ
Posted via IFTTT
