Home » , » विश्वका एक करोड मानिस फोक्सोको क्यान्सरबाट पीडित

विश्वका एक करोड मानिस फोक्सोको क्यान्सरबाट पीडित

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

lung cancer काठमाडौँ, १ कात्तिक । विश्वका एक करोड २० लाख मानिस फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।


आज सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा विश्वमा सबैभन्दा बढी क्यान्सर फोक्सोको हुने र सो रोग लागेका आधाभन्दा बढी मानिसको मृत्यु पहिलो वर्षमा नै हुने गरेको जानकारी दिइयो ।


रक्सी, चुरोट र सुर्तीजन्य वस्तुको अत्यधिक मात्रामा प्रयोगका कारण समयमा फोक्सोमा सङ्क्रमण हुने गरेको र समयमा नै यसको पहिचान हुन नसक्नुको कारण रोगीको मृत्यु हुने गरेको बताइयो ।


क्यान्सर केयर नेपाल, नेसनल क्यान्सर अस्पताल, वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल, सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपाल, नेपाल अन्कोलोजिकल सोसाइटी, सुरेश वाग्ले मेमोरियल क्यान्सर आयोजना, युनिभर्सिटी अफ कन्सस र सेन्ट जोसेफ रेजिनल क्यान्सर सेन्टर एन्ड ब्लड इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा विभिन्न मुलुकका १५० क्यान्सर विशेषज्ञको सहभागिता थियो ।


विश्वमा देखा परिरहेको नयाँ प्रकारका क्यान्सर र यसको लक्षण तथा रोकथामका उपायबारे नेपालका क्यान्सर विशेषज्ञलाई जानकारी गराइएको क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले जानकारी दिए ।

सम्मेलनमा अमेरिका, स्विडेन, बङ्गलादेश, बेलायत, भारत, पाकिस्तानलगायत मुलुकका क्यान्सर विशेषज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।


नेपालमा स्तन, पाठेघर क्यान्सरका करिब ५० हजारको हाराहारीमा रोगी रहेको सरकारी तथ्याङ्क छ । नेपालमा विशेषगरी फोक्सो, स्तन, पाठेघर, पाचन प्रणाली र रगतको क्यान्सरका रोगी बढिरहेको बताइन्छ ।


विश्वभर बर्सेनि ४० हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।


क्यान्सर रोगका बिरामी बढ्दो रहे पनि नेपालमा ४० देखि ५० जना मात्र क्यान्सर रोगका चिकित्सक रहेका छन् । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1t0Wsy4

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved