भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रौतहट, २९ असोज । रौतहटको शीतलपुर वैरनिया गाविसमा फैलिएको झाडापखालाबाट १६ जना प्रभावित भएका छन् ।
हाल उनीहरूको गाउँमा रहेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । विगत एक सातादेखि फैलिएको झाडापखालाबाट शीतलपुर गाविस–६ वस्ने राजेन्द्रराय यादव, भागवत पण्डित, जीतलाल दासलगायत १६ जना झाडापखालाबाट सिकिस्त भई उपचार गराइरहेका छन् भने हालसम्म सो गाविसमा एक बालकको मृत्यु भइसकेको छ ।
स्थानीय शीतलपुर–५ का रामपुकार यादवको नौ वर्षीय छोरा रामेश्वर यादवको झाडापखालाबाट मृत्यु भसकेको छ भने उनको परिवारका चार जनाको अवस्था गम्भीर रहेको छ ।
स्थानीय शम्भुदास तत्माका अनुसार एक सातादेखि उक्त गाविसका विभिन्न वडामा झाडापखालाको प्रकोप फैलिएकोे छ । तर जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य टोली नआउँदा प्रकोप बढ्ने हो की भन्ने आशंका स्थानीयले गरेका छन् । रासस
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1pbNWWR
Posted via IFTTT