भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ललितपुर, २९ असोज । आज सातौँ विश्व हात धुने दिवस ‘हात धोऔँ, रोगबाट बचौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा आज यहाँ आयोजना गरिएको चेतनामूलक कार्यक्रममा हजारौँ सर्वसाधारणलाई साबुन पानीले हात धुन सिकाइएको थियो ।
राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार विद्यालयमा साबुन पानीको व्यवस्था गरी विद्यार्थीलाई नियमित हात धुने बानी सिकाए ५० प्रतिशत सरुवा रोगबाट बचाउन सकिन्छ ।
जावलाखेल चोकमा भएको उक्त कार्यक्रममा साबुन पानीले विभिन्न छ चरणमा हात धुन सिकाइएको थियो ।
सोही अवसरमा जावलाखेल चोकबाट सातदोबाटोसम्म मोटरसाइकल ¥यालीसमेत निकालिएको थियो । रासस
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1w2pyvS
Posted via IFTTT