Home » , , » सरकारद्वारा नै सेक्स टोयको व्यापार, विपक्षीको कडा प्रहार

सरकारद्वारा नै सेक्स टोयको व्यापार, विपक्षीको कडा प्रहार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

व्यापारीहरुले कर तिर्न सकेनन् भनेर सरकारले नै यौन खेलौना व्यापारीका सामान कब्जा गरी यौन खेलौनाको व्यापार सुरु गर्यो भने के होला ? साँच्ची सुन्दैमा अनौठो लाग्छ । हुँदै नहुने कुरा जस्तो लाग्छ ।तर अमेरिकाको कन्सासमा सरकारले यौन खेलौनाका व्यापारीहरुबाट यौन खेलौना जफत गरेर बिक्रि सुरु गरेको छ ।



समाचार अनुसार कन्सास राज्य सरकारले राज्यको राजश्वमा वृद्धि गर्ने उद्धेश्यका साथ सेक्स टोयको अनलाइन बिक्रि सुरु गरेको हो । कन्सास राजश्व विभागले गएको जुलाइमा विभिन्न ५ वटा यौन खेलौना भण्डारबाट सामानहरु जफत गरेको थियो ।




युनाइटेड आउटलेट एलएलसीले बांग नामबाट संचालन गरेका ती यौनखेलौना भण्डारहरुलाई बिक्रि तथा मुनाफा कर बराबरको १ लाख ६३ हजार डलर बराबरको रकम नतिरेको आरोप लगाइएको थियो । त्यसरी जफत गरिएका पसलहरुमध्ये दुइवटा टोपेकामा तथा जंकसन, विचिटा र कन्सास सिटीमा एक एक वटा थिए ।जफत गरिएको सेक्स टोयहरु पुनः ती पसलहरुलाई फिर्ता गरिएको छ ता की अब ती यौनखेलौनाको लिलामीबाट प्राप्त रकम तत्कालै सरकारलाई बुझाइनेछ ।



रिपब्लिकन पार्टीका गभर्नर साम ब्राउनब्याकको यस्तो कदमलाई विपक्षी डेमेक्र्याटिक पार्टीले भने खुबै खिसिट्युरी गरेको छ ।विपक्षी नेता एन्थोनी हेन्स्लेले रिपब्लिकनको यस्तो कमदको आलोचना गर्दै भनेका छन्, ‘रिपब्लिकन सरकार राज्यको बजेट घाटाको ठूलो खाडल पुर्न अक्षम छ र अहिले पोर्न व्यवसायमा लागेको छ ।’







Source : feed update from ➭ http://ift.tt/1EyuNIs

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved