भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अहिले काठमाडौंका शहरहरु सार्क सम्मेलनको तयारीमा झिलिमिली बनाइदै छ । यो झिलिमिलीकाबीच आगामी मंसिरमा सार्क सम्मेलन हुँदै छ भने सार्क सम्मेलनमा दक्षिण एसियाका अन्य ७ देशका सरकार र राष्ट्रप्रमुख नेपाल आउँदै छन् ।यस्तोमा एक सूचनाले नेपालमा अहिले निकै हल्ली खल्ली मात्र मच्चएको छैन, सार्क सम्मेलन समेत प्रभावित हुने देखिएको छ । हुन त नेपालमा उउटा उखान प्रचलनमा छ–हल्लै हल्लाको देश । आज भन्दा करिब १८ दिन अघि भारतले नेपाल सरकारलाई एउटा गोप्य सुचना दिएको खवर एक दिनअघि मात्र सार्वजनिक भयो ।
खवर अनुसार नेपालमा महत्वपूर्ण नेताहरुको आतंककारीबाट अपहरण र हत्या सम्म हुनसक्ने उल्लेख गरिएको छ । भारतले दिएको यो सुचनापछि अहिने नेपालको सुरक्षा निकायहरुमा निकै हल्ली खल्ली मच्चिएको छ । सुरक्षा निकायको सातो जानु त स्वभाविक हो, अझ उपत्यका खाल्डो र वरिपरीका क्षेत्रमा अलकायदा, इन्डियन गुजाहिद्दीन लगायतका आतंककारी संगठनका कार्यकर्ताहरु डेरा जमाएर बसिसकेको सुचनाले उनीहरुको होसै उडेको छ ।
उसै त नेपालको सुरक्षा निकायलाई भिआइपी सुरक्षमा कमजोर देखिएको आरोप लाग्ने गरेको बेला महत्वपुर्ण नेताको कुनै पनि बेला हत्या हुनसक्ने सुचनाले सर्तकता बढाएको छ । यसैले केन्द्रीय सुरक्षा निकायका प्रमुखहरु सोमबार दिनभर विमानस्थलमा विशेष सुरक्षा योजना तयार पार्न व्यस्त रहे ।
नागरिक उड्ययन प्रधिकरणको केन्द्रीय कार्यालयमा गृह सचिव सुर्य सिलवालको अध्यक्षतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा र विशेष निगरानीमा राख्ने गोप्य योजना बनाएको बताइएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जितबहादुर केसी नेपाली सेनाका उपरथी, रक्षा र गृहमन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको बैठकमा विमानस्थलमै तैनाथ सुरक्षा निकायहरुले आ–आफ्आनो तर्फबाट योजना बनाउने निर्णय भएको बुझिएको छ ।
विमानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र बाहिरी सुरक्षा नेपाली सेनाले गर्दै आइरहेको छ । काठमाडौंस्थित भारतीय दुतावासले तयार पारेको गोप्य सुचनामा नेपालको नेताहरुको हत्यासँगै भारतको उच्च अधिकारीहरुको पनि अपहरण हुनसक्ने उल्लेख गरिएको छ ।
भारतले दिएको सुुचनामा विमानस्थलबाट नेपाली वा भारतीय विमानको अपहरण हुने खतरा रहेको पनि उल्लेख गरिएको छ । २४ सेप्टेम्बरमा भारतले गोप्य तथा अनौपचारिक सुचना मार्फत् नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकारीको सुरक्षासँग अति संवेदनशील सुचना दिएको थियो ।
भारतको यो सुचना आएसँगै सुरक्षा निकायहरुले सर्तकता अपनाउन थाल्नु र राजधानीलाई घेरामा पारेर थालीएको नयाँ सुरक्षा योजनाले केहि हद सम्म काम थालेको अनुमान गरिएको छ । जे भएपनि नेपालका सुरक्षा निकायले भारतको पूर्व सुचना बमोजिम नै काम थाल्ने हो भने भविश्यमा पछुताउनुपर्ने छैन ।
Disclaimer: This news feed source from : ➥ http://ift.tt/1wz7doY
and posted via IFTTT
Loading...