Home » , » अमला अमृतले भरीएको गुण (सबै पढ्न तलको लिंक मा जानु होला)

अमला अमृतले भरीएको गुण (सबै पढ्न तलको लिंक मा जानु होला)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

अमला अमृतले भरीएको गुण

===============

(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )

============

आंमला विटामिन 'सी' को सर्वोत्तम र प्राकृतिक स्रोत हो। यसमां विद्यमान विटामिन 'सी' नष्ट हुंदैन । अमला दाह, पाण्डु, रक्तपित्त, अरुचि, त्रिदोष, दम, खोंकी, श्वास रोग, कब्ज, क्षय, छाती को रोग, हृदय रोग, मूत्र विकार आदि अनेक रोगहरुलाई नष्ट गर्ने शक्ति हुन्छ । वीर्यलाई पुष्ट गरेर पौरुषता बढ़ाउंछ, बवसो घटाएर मोटोपन घटाउंछ । टाउकोको केशलाई कालो, लामो र घना राख्छ ।

यस्को विभिन्न भाषाहरुमा नाम : संस्कृत- आमलकी धात्री। हिन्दी- आंवला। नेपालीः अमला मराठी- काम्वट्ठा, आंवला। गुजराती- आँवला।

रासायनिक संघटन : अमलाको 100 ग्राम रसमा 921 मि.ग्रा. र गूदामा 720 मि.ग्रा. विटामिन सी पाईन्छ । आर्द्रता 81.2, प्रोटीन 0.5, वोसो 0.1, खनिज द्रव्य 0.7, कार्बोहाइड्रेट्स 14.1, क्यालसियम 0.05, फॉस्फोरस 0.02, प्रतिशत, लौह 1.2 मि.ग्रा., निकोटिनिक एसिड 0.2 मि.ग्रा. पाईन्छ । यसको अतिरिक्त यसमा गैलिक एसिड, टैनिक एसिड, शर्करा (ग्लूकोज), अलब्यूमिन, काष्ठौज आदि तत्व पनि पाईन्छ ।

उपयोग : त्रिफलाको ३ औषधिहरुमा आमला एक हो । यसलाई सूखा चूर्णको रूपमा अन्य औषधिहरुको साथ नुस्खे को रूपमा र अचार, चटनी, मुरब्बा को रूपमा सेवन गरिन्छ । च्यवनप्राश, ब्राह्म रसायन, धात्री लौह र धात्री रसायन आदि आयुर्वेदिक योग तयार गर्नमा अमला काम आउंछ । यो अनेक रोगहरुलाई नष्ट गर्नेवाला पोषक, धातुवर्द्धक र रसायन हो । आयुर्वेदले यसलाई 'अमृतफल' भनेकोछ ।

विटामिन सी यस्तो नम्र तत्व हुन्छ जो गर्मीको प्रभावबाट नष्ट हुन्छ, तर मजाको योछकि अमलामा विद्यमान विटामिन सी कुनैपनि अवस्थामा नष्ट हुंदैन । यो सदाबहार फल सबै ऋतुहरुमा चटनी, मुरब्बा, अचार, चूर्ण, अवलेह आदि को रूपमां गुणकारी बनि रहन सक्छ ।

अमलाको प्रयोगः

ताजा अमला जो राम्रो सित पाकेको र ठूलो दाना होस, दाग नलागेको जम्मा गर्नुस ।जति हुन सक्यो बढीनै गर्नुस, किनकि यो बिग्रिन्न । यसलाई सुखाएर राख्दा पनि हुन्छ ।

अमलालाई काटेर भित्रको दाना निकालेर गुदी गुदी मात्रै निकालेर नुन हालेर मुछेर घाममा सुकाई दिने सुकेको अमला खांदा खुबै स्वादिलो हुन्छ । अर्को तरिका अमलालाई उसिनेर मिचेर दाना निकाल्ने गुदीलाई स्यानो स्यानो डल्लो बनाएर सुकाउने । सुकेपछि चुस्दै खाने स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

* एक सद्य अमलाको दाना उमालेर चीसो भएपछि चीनी या मिश्री मिसाएर मुरब्बा पनि बनाउन सकिन्छ । हरेक दिन खाना सित अमलाको अचार खानाले स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ ।

आमलाको अन्य लाभ : नेत्र ज्योति बढ़नु, कपाल बलीयो हुनु, टाउको दुखेको ठीक हुनु, चक्कर,नाकबाट रगत बग्नु, दांत-गीजाको खराबी हटाउनु, कब्ज, रक्त विकार, चर्म रोग, पाचन शक्तिमा खराबी, रक्ताल्पता, बल-वीर्यमा कमी, समय भन्दा अगावै बुढौति प्रकट हुनु फोक्सोको खराबी, श्वास रोग, क्षय, दौर्बल्य, पेट कृमि, यकृतको कमजोरी र खराबी, स्वप्नदोष, धातु विकार, हृदय विकार, उदर विकार, मूत्र विकार आदि अनेक बाधाहरु हटाउन अमलाको महत्व कम छैन ।

प्रत्येक दिन लगातार नियमपूर्वक १ या२ अमला दैनिक खानाले ३।४ महिनामै कायापलट हुन थाल्छ ।

_______________________________

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!



Disclamier: this news feed source from Aajako Patrika http://ift.tt/1wpECma

and posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved