Home » , , » रेखा थापालाई कार्वाही

रेखा थापालाई कार्वाही

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । निर्माता संघको निती विपरित फिल्म प्रदर्शन गरेको भन्दै संघले अभिनेत्री रेखा थापालाई कार्वाही गरेको छ । सामान्य त संघको नियम अनुसार कुनै पनि नयाँ फिल्म शुक्रवार मात्रै प्रदर्शन गर्नुपर्छ ।



तर, रेखाले आफैले निर्माण गरेको ‘हिम्मतवाली’ मंगलवार फुलपातीको दिन प्रदर्शन गरेकी थिइन् । रेखालाई संघको साधारण सदस्यवाट समेत निलम्बन गरिएको छ ।



आफ्नो फिल्म दर्शकले मन पराएकाले कार्वाहीको कुनै असर नपर्ने प्रतिक्रिया रेखाले दिएकी छिन् । मुलुकका असी बढी हलमा प्रदर्शन भएको हिम्मतवालीले एक साताको अवधिमा करोड बढी कारोवार गरेको जानकारी रेखाले दिइन् ।



रेखाको फिल्म प्रदर्शन गर्न सघाएको भन्दै निर्माता संघले सिनेमा हलवालाहरुको संस्था चलचित्र संघलाई पनि कार्वाही गरेको छ । तर, चलचित्रसंघले कुनै प्रतिक्रिया जनाएको छैन । रेखाकै निर्देशन रहेको यस फिल्ममा सुदर्शन गौतमको मुख्य भुमिका रहेको छ ।







Source : feed news from ➭ http://ift.tt/1qezRY0

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved