Home » , , » भुपु प्रेमिकाको कुकुर मारेर मासु खुवाएपछि….

भुपु प्रेमिकाको कुकुर मारेर मासु खुवाएपछि….

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

२०७१ भदौ ३० गते -अपराधका शैली पनि कस्ता कस्ता ? अमेरिकाको उत्तरी क्यालिफोर्नियाका एक युवकलाई आफ्नी भुतपूर्व मायालुको घरको कुकुर चोरेर, त्यसलाई काटेर मासु बनाएर उनै भुपु मायालुलाई खुवाएको आरोपमा पुलिसले पक्रेको छ ।पालो सेड्रोका ३४ वर्षीय रायन वाटेनपग नामका ती युवक बिहिबार पक्राउ परेका हुन् । उनीमाथि घरेलु हिंसा, गलत तरिकाबाट बन्दी बनाइएको तथा जनावरमाथि नृसंसता प्रदर्शन गरेको लगायतका कैयौँ अभियोग रहेको सास्ता काउन्टी जेलको रेकर्डले देखाउँछ ।





पछिल्लोपटक उनले आफ्नी भुतपूर्व प्रेमिकालाई घरमा खाना खान बोलाएका थिए । उनी रायनको घरमा खाना खाएर फर्किइन् । जब उनी फर्किइन् तब रायनले मोबाइलमा मेसेज गर्दै सोधे, तिम्रो कुकुरको मासु कस्तो लाग्यो ? त्यसको केही दिनपछि रायनले ती युवतीको घरमै लगेर एक झोला छाडिदिए जसमा कुकुरका पन्जा थिए ।



आफुलाई प्रेमिकाले धोका दिएको भनेर रायनले अगष्टमा गुण्डा लगाएपछि डराएर ती युवतीले आफु बसेको घर छाड्दादेखि उनको कुकुर हराएको थियो । अन्ततः त्यो कुकुर रायनले नै चोरी गरेर मारेको खुलेको छ ।तर रायनले भने आफुले आफ्नी भुपु प्रेमिकालाई दुख दिएको र उनको घरमा कुकुरको पन्जा पठाएको स्विकार गरेपनि कुकुर मारेर मासु खुवाएको आरोप भने अस्विकार गरेका छन् ।







Source : feed update from ➭ http://ift.tt/1wvTgM3

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved