Home » , » म पुस्तक पढेर रमाउन सक्दिनः आर्यन

म पुस्तक पढेर रमाउन सक्दिनः आर्यन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । भृकुटी मण्डपमा जारी पुस्तक मेलामा पुस्तकप्रेमीहरुको भिड सुरु भएको छ । आइतवारको दिन त्यहि भिडमा मिसिए नायक आर्यान सिग्देल पनि ।



केही घण्टा पुस्तक मेलामा बिताएका आर्यानले ब्यक्तित्व विकास र स्वास्थ्य सम्बन्धि चारवटा किताब किनेका थिए । तर, लेखकको नाम भने याद नभएको बताए । ‘मैले लेखकको नाम भन्दा पनि विषय हेरेर पुस्तक किनेको थिएा । त्यसकारण लखक को हो ध्यान दिइन ।’ उनले भने ।



पुस्तकले खासै तान्दैन उनलाई । हाकाहाकी भन्छन आर्यान ‘म पुस्तक पढेर कहिल्यै इन्ज्वाई गर्न सक्दिन ।’ देबकोटा, सम, बीपी कोईराला लगायत ठुला साहित्यकारको नाम सुनेको र उनिहरुप्रद्धि श्रद्धा जाग्छ भन्ने आर्यान तीनका कृतिप्रति भने कहिल्यै आकषिर्त भएनन् ‘म त सिनेमामै केही गर्छु भनेर लागेको खै किन हो किन किताबले कहिल्यै तानेन ।’





पुस्तक मेला घुम्नेक्रममा चलचित्र ‘पल’ को किताब र सिडी दुबै थियो सिडी किने तर, किताब किनेनन् ।अनलाइन खबर





Source : feed news from Khabar Pana | Online News and Entertainment http://ift.tt/1q6of98

via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved