भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतीय रेलमन्त्री सदान्द गौडाका छोरा कार्तिकलाई हिरोइनलाई बलात्कार गरेको अभियोगमा पक्राउ गर्न बेङ्ग्लोर अदालतले आदेश दिएको छ।
कन्नड फिल्मकी हिरोइन मत्रेयीले दायर गरेको निवेदन उपर सुनुवाइ गर्दै अदालतले कात्तिकलाई पक्राउ गर्न आदेश दिएको हो।
बैंगलोर अदालतमा कार्तिविरूद्ध हिरोइन मैत्रेयीले बलात्कार तथा धोखाधडीको अभियोगमा मुद्दा दर्ता गराएकी थिइन्।
कार्तिकको अर्कै युवतीसँग इङ्गेजमेन्ट भएपछि मैत्रेयीले प्रहरीमा बलात्कार, विश्वासघात तथा धोकाको बारे उजुरी दिएकी थिइन्।
निवेदनमा उनले कार्तिकको आफूलाई विवाहको प्रपञ्ज रचेर शारीरिक सम्बन्ध राखेको आरोपसमेत लगाएकी छन्।
यसैबीच गौडा परिवारले कार्त्तिक र मैत्रेयीबीच कुनै सम्बन्ध नभएको दाबी गरेको छ। प्रहरीले कानुनको धारा ३७६, ४२० तथा ४०६ अनुसार रेलमन्त्रीका पुत्रविरुद्ध अदालतमा फायल बुझाएको थियो।
मैत्रेयीले कार्तिकलाई मे महिनादेखि चिनेकी दाबी गरेकी छिन्। उनले कार्तिकको आमासँग समेत कुराकानी गरेको दाबी गरेकी छन्।
मन्त्रीपुत्रले बैंङ्ग्लोरस्थित आफ्नो निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ। २५ जुलाइमा विवाहपछि उनले मैत्रेयीसँग कुराकानी गर्न बन्द गरेका थिए। यता हिरोइनकी आमाले भने दुवैबीचको सम्बन्धको पुष्टि गरेकी छिन्। हिरोइनका साथ खिचेका तस्विरहरुलाई पनि मन्त्रीपुत्रले फर्जी भन्दै आएका छन्।
Souce feed news from आजको पत्रिका► http://ift.tt/Wgqhfl
via IFTTT
Loading...
